परासी।लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले पश्चिम नवलपरासीमा सडक पुर्वधार विकास कार्यालय सुभारम्भ गरेको छ।जिल्ला समन्वयन समितिको नवनिर्मित भवनमा सो कार्यालय सोमबार मन्त्रालयले सुभारम्भ गरेको हो।
कार्यालयको लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भुमिस्वर ढकालले उद्घाटन गरेका छन।उद्घाटन सत्रमा बोल्दै मन्त्री ढकालले प्रदेशका सडकहरूको विकासमा टेवा पुग्नुका साथै काम छिटोछरितो हुनेमा विश्वास व्यक्त गरे।उनले कार्यालय स्थापनासँगै जनतालाई विकासको अनुभूत गराउन सडक,झोलुङ्गे र मोटरेवल पुल निर्माणमा सहजता हुने बताए।
यसअघि साबिक पूर्वाधार विकास कार्यालय रुपन्देही मार्फत संचालन भएका योजनाहरु अवदेखि नवलपरासीबाटै संचालनमा हुनेछन।भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा काम गर्ने गरी आफ्नै जिल्लामा कार्यालय स्थापना भएपछि जिल्लाबासी उत्साहित भएका छन।सम्वन्धित जिल्लामै कार्यालय स्थापना भएपछि कार्यसम्पादनमा सहजता आउने सडक पुर्वाधार महाशाखाले अपेक्षा गरेको छ।
साविक नवलपरासी जिल्ला टुक्रिएर बनेको नवलपरासी बर्दघाट सुस्ता पश्चिम लुम्बिनी प्रदेशको पुर्वी प्रवेशद्वार जिल्लाको रुपमा रहेको छ।जिल्लामा ३ नगरपालिका र ४ गाउँपालिका गरि ७ स्थानीय तह रहेका छन।प्रदेशका १२ वटै जिल्लाहरूमा कार्यालय स्थापना भैईसकेका छन।
उद्घाटन कार्यक्रम लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री सन्तु कलवार,पुर्व पर्यटन मन्त्री खडग बस्नेत,प्रदेश सांसद बैजनाथ जैसवाल,मन्त्रालयका सचीव भिमार्जुन आचार्य,जिल्ला समन्वय प्रमुख,रामग्राम नपा प्रमुख उपप्रमुख,प्रतापपुर गाउँ अध्यक्ष सरावल गापा अध्यक्ष,बर्दघाट नपा उपप्रमुख लगायतको उपस्थिति रहेको थियो।