परासी । संघिय सरकारका भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले चैत महिनाभित्र सुकम्बासी तथा भूमि आयोगलाई पूर्णता दिई दुई वर्ष भित्र भुमि सम्बन्धि समस्या सरकारले समाधान गर्ने दावी गरेका छन । आज पश्चिम नवलपरासीको सुस्तामा भुमिहिन तथा अव्यवस्थीत बसोबासीका समस्याका बारेमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्रि अधिकारीले लामो समय सम्म जमिन जोतभोग गर्दे आएपनि लालपुर्जाविहिन भएर बस्नुपर्ने अवस्थाको अन्त्य बताए।
सुनवल, रामग्राम, सरावल, प्रतापपुर र सुस्ताका भुमिहिन सुकुम्बासिका समस्या सुनेपछि मन्त्री अधिकारीले चैत्र भित्रै नयाँ आयोग बन्ने र वैशाखबाट कामले गती लिने विश्वास व्यक्त गरे । जग्गा प्राप्त गर्नकै लागी सुकुम्बासी बन्ने प्रवृत्ति देखिएको भन्दै मन्त्री अधिकारीले त्यस्तो समस्या समाधान गर्न नितिनै परिर्वतन गर्न लागिएको पनि जानकारी दिए ।
सरकारले न्यूनतम साझा कार्यक्रममा भुमिहिन तथा अव्यवस्थीत बसोबासीका समस्या सामाधानको लागि सरकारले लालपुर्जा दिने तयारि गरि नीति बनाइएको बताए।
मन्त्री अधिकारीले नवलपरासीको सिमावर्ती क्षेत्रमा हुने डुबान र कटानको समस्याबारे पनि स्थलगत अवलोकन गरि जानकारी लिएका थिए । खेतियोग्य भुमि डुबानमा पर्दे आएकाले अन्तर-मन्त्रालय समन्वय गरेर समस्या समाधान गर्न पहल गर्ने मन्त्री अधिकारीले प्रतिवद्धता व्यक्त गरेका थिए ।