ट्रेन्डीङ्ग

सुनवलको रमवापुर माविमा वर्षामापन केन्द्र स्थापना

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा वर्षामापन केन्द्र स्थापना गरिएको छ।सुनवल-४ स्थित रमावपुर माध्यमिक विद्यालयमा परिसरमा पानी दिवस र जल तथा मौसम दिवसको अवसरमा वर्षामापन केन्द्र स्थापना गरिएको हो।

लुम्बिनी प्रदेश सभा सदस्य खड्ग बस्नेतको पहलमा जल तथा मौसम कार्यलय भैरहवाले स्थापना गरेको हो।केन्द्रले वर्षा मापन र पानीको मात्रा बढेर जोखिम अवस्था सिर्जना हुँदा तथा नदीमा पानीको बहाव बढेर जोखिम अवस्था बारे पुर्व जानकारीका गराउन सहज हुनेछ।

वर्षामापन केन्द्र सञ्चालनमा आएसँगै प्राकृतिक प्रकोप,बाढी पहिरोबाट जनधनको क्षति हुनुपूर्व सचेतना अपनाउन सहज हुनुका साथै वर्षायामको समयमा बाढी लगायतका प्रकोप न्यूनीकरण गर्न र सचेतना अपनाउन सहज हुने जनाइएको छ।

वर्षामापन केन्द्र स्थापना सगै विकास चौतारिको आयोजना,जल तथा मौसम केन्द्रीय बिभाग त्रिभुवन विश्वविधालय ,जल तथा मौसम कार्यालय भैरहवा रुपन्देहीको सहआयोजनामा सुनवल नगरपालिका भित्रका सामुदायिक विद्यालयमा विज्ञान शिक्षकलाई जलवायु परिवर्तन सचेतता कार्यक्रम गरिएको थियो।

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य खडग बस्नेत ,सुनवल वडा ४ का अध्यक्ष बालकृष्ण पंगेनी , जल तथा मौसम विभाग केन्द्रीय विभाग प्रा डा दिपक पोखरेल , जल तथा मौसम कार्यालय भैरहवा प्रमुख बरुण पौडेल, सुनवल शिक्षा शाखा प्रमुख बिष्णु गोतामे, विधालय व्यवस्थापन महासघ लुम्बिनी प्रदेश उपाध्याक्ष सुर्य न्यौपाने लगायत शिक्षक विधार्थीको सहभागिता रहेको थियो।

वक्ताहरुले पछिल्लो समय विश्वभर जलवायु परिवर्तनका कारण भोग्नु परेका समस्या र आगामी दिनमा मानव समुदायले भोग्नु पर्ने आपतविपतबाट बच्न अग्रिम रुपमा जानकारी हासिल भएको खण्डमा ठूलो जनधनको क्षतिबाट बच्न सकिने हुँदा मौसम सम्बन्धी पूर्व सूचनाको ठूलो महत्व रहेकाले बर्षा मापन केन्द्र स्थापना गरिएको बताए।

विद्यालय तहबाटनै जल वायु परिवर्तन सम्बन्धी जानकारी र सचेतना अपनाएको खण्डमा राज्य लगायत विश्वलाई नै फाइदा पुग्ने भएकाले विद्यालय रोजिएको जल तथा मौसम कार्यालयले बताएको छ ।

मापन केन्द्र स्थापना पश्चात तराई भूभागको करिब १३० किमी क्षेत्रफलमामा परेको पानीको मापन गर्न सकिने र त्यसका आधारमा सुरक्षाका पूर्व सावधानीहरु अपनाउन सकिने बुझिएको ।

पश्चिम नवलपरासीमा बर्दघाट,त्रीवेणी र परासी चार स्थानमा वर्षामापन केन्द्र सचालनमा रहेका छन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?