ट्रेन्डीङ्ग

सुनवल मेयर कप:साविक बिजेता वडा नं ६ लाई हराउँदै वडा नम्बर १० फाईनलमा

सुनवल । सुनवलमा संचालित सातौं मेयर कप फुटबल प्रतियोगितामा वडा नम्बर १० फाइनलमा प्रवेश गरेको छ।

आज मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा साविक बिजेता वडा नं ६ लाई २ का विरुद्ध ४ गोलको जित निकाल्दै साबिक उपबिजेता वडा नं १० फाईनलमा प्रवेश गरेको हो।

सेमिफाइनल खेलको पहिलो हाफमा २ का विरुद्ध १ गोल अन्तरले पछि परेको वडा नं १० ले दोस्रो हाफमा २ का विरुद्ध ४ गोलको अन्तरले कमब्याक गर्दै जित निकालेको हो।

सुनवल १० को जितमा डम्बरबहादुर पुन,विशाल गुरुङ,अमित बराहा र सुमित परियारले एक-एक गोल गरी टिमलाई जम्मा ४ गोल दिलाए।त्यस्तै वडा नं ६ बाट वाङ्गेल लामा र मिलन थापाले एक-एक गोल गरि २ गोल गरेका थिए।

आजको खेलमा वडा नं १० का खेलाडी अमित बराहा उत्कृष्ट खेलाडी घोषित भएका छन।

भोलि बुधबार दोस्रो सेमिफाइनल खेल वडा नं ४ र ७ बीच प्रतिस्पर्धा हुने खेल संयोजक टेक बहादुर पुनले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?