भुमही।पश्चिम नवलपरासीको सुनवल-१२ भुमहीमा सुसुकी स्केटिङ पार्क संचालनमा आएको छ।स्केटिङ पार्कको एक कार्यक्रमका विच नेचरे भित्र स्केटिङ पार्क संचालनमा आएको हो।पार्कको सुनवल १२ का वडा अध्यक्ष चुरामणि पौडेल दिपकले उद्घाटन गरेका हुन।ट्रेनर सँगै सुरक्षाका लागि हेलमेट,सेफ्टी गार्ड,नि गार्ड लगायतका सामग्री सहितको व्यवस्थामा संचालनमा आएको छ।
साहसी खेल प्रेमीका लागि लक्षित गर्दै सञ्चालनमा आएको स्केटिङ पार्कमा बालबालिकादेखि प्रौढसम्मका सबैले खेल्न मिल्ने यो खेलबाट मनोरञ्जन साथै शारीरिक र मानसिक पनि राम्रो हुने भएकाले ‘सुसुकी स्केटिङ पार्क’ सबैको रोजाईमा पर्न सञ्चालक चादनी श्रेष्ठले बताइन।
पछिल्लो समय बालबालिकामा मोबाईलको लत बढ्दै गएकोले उनीहरुलाई खेलतर्फ आकर्षित गर्नका स्केिटङ पार्क सञ्चालनमा ल्याएको सञ्चालक श्रेष्ठले बताइन।
पछिल्लो समय स्केटिङमा किशोरकिशोरी तथा युवायुवतीको आकर्षण बढ्दो रहेको र सोहीलाई मध्यनजर गर्दै ब्यवसायिक दृष्टिकोणले समेत राम्रो हुने संभावना देखेर भुमहिमा संचालनमा ल्याएको संचालक श्रेष्ठले जानकारी दिए।
स्केटिङ पार्क संचालनमा आएपछि यस खेलमा रुची राख्नेहरुले सिक्ने र खेलमा सहभागिता जनाउने संचालकहरुको अपेक्षा रहेको छ।उनीहरुले यसअघि बर्दघाटमा पनि संचालन ल्याइसको र अन्य क्षेत्रमा पनि विस्तार गर्दै जाने संचालकले बताए।खेलमा रुचि राख्ने र यसैलाई करियर बनाउन चाहनेहरुका लागि निक्कै फलदायि रहनेछ ।