![](http://safalpost.com/wp-content/uploads/2024/03/football-scaled.jpg)
सुनवल।पश्चिम नवलपरासीको सुनवल यहि फागुन २६ गते देखि सातौं मेयर कप फुटबल हुने भएको छ।फुटबल खेलको माध्यामबाट युवाहरु खेल क्षमता अभिबृद्धी गर्ने उद्देश्यले प्रत्येक बर्ष मेयर कप फुटबल खेल उपभोक्ता समिती अध्यक्ष टेक बहादुर पुनले बताए।
सुनवल नगरपालिका वडा नम्बर ४ स्थित मच्छेरमारा खेलमैदान चैत्र १० गते सम्म संचालन हुने सातौ मेयर कप फुटबलमा नगर भित्रका १३ वटै वडाले १४ टिमले सहभागिता जनाउने छन।
प्रतियोगिताको विजेता टिमले नगद १ लाख ५१ हजार रुपैँया तथा उपविजेता टिमले नगद ८५ हजार रुपैँया प्राप्त गर्ने आयोजकले जनाएको छ। त्यस्तैगरि सेमिफाइनलमा पुग्ने २ टिमले २५/२५ हजार प्राप्त गर्ने छन। त्यसैगरी विधागत तर्फ उत्कृष्ट फर्वाड,मिड फिल्डर, गोल किपर,डिफेन्डर र सर्वोत्कृष्ट खेलाडीलाई समेत उचित पुरस्कारको व्यवस्था गरिएको आयोजनाले जनाएको छ।
फुटबल प्रतियोगितामा १३ लाख रुपैयाँको खर्चको अनुमान गरिएको र नगरपालिकाबाट ११ लाख रुपैयाँ बजेट बिनियोजन भएको र बाकी ४ नम्बर वडाबाट बजेट माग गरिएको आयोजक समितीले जनाएको छ ।