नवलपरासी । नेपाल पुनः लकडाउन हुने संकेत कोरोना संक्रमणको जोखिम बढ्दै गएको भन्दै सभा, सम्मेलन नगर्न सरकारले आग्रह गरेको छ ।
जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्व गौतमले प्रेस विज्ञप्ती जारी गर्दै छिमेकी देशहरुमा कोभिड–१९ को संक्रमण बढेकाले नेपालमा पनि संक्रमण बढ्न सक्ने भन्दै देशभर सभा, जुलुस, र्याली, भेला, जमघट, गोष्ठि, सेमिनार, बैठक, भीडभाड हुने कार्यहरु नगर्न आग्रह गरेका हुन् ।
साथै मन्त्रालयले सामाजिक/भौतिक दुरी, मास्कको अनिवाय उचित प्रयोग तथा सावुन पानीले राम्रोसँग हात धुन र सेनिटाइजर लगायत मन्त्रालयबाट जारी जनस्वास्थ्यका मापदण्डहरु पालना गर्न आग्रह पनि गरेको छ ।