सुनवल । पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर – १३ का जनप्रतिनिधिका छोराछोरीले सामुदायिक विद्यालयमा पढाएका छन । जनप्रतिनिधिका छोराछोरीले धान्याचल महायज्ञ माध्यामिक विद्यालयमा पढाएको विद्यालयले जनाएको छ ।
सरकारी विद्यालयको अवस्थामा सुधार ल्याउनका लागि राज्यको नेतृत्व गर्ने मानिसले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउन थालिएको सुनवल नगरपालिका नगर प्रवक्ता एवं वडा नम्बर १३ का अध्यक्ष कृष्णप्रसाद बगालेले बताए।
प्रवक्ता बगालेले सामुदायिक विद्यालयप्रतिको जनविश्वास बढाउन,शिक्षाको गुणस्तर उकास्न र शिक्षा सबैका लागि समान धारणाको विकास गर्न सबै जनप्रतिनिधिलाई सामुदायिक विद्यालयमा पढाउन आग्रह गरेका छन।
उनले वडाबाट आगामी आर्थिक वर्षदेखि सामुदायिक विद्यालय पढ्ने सम्पुर्ण बालबालिकालाई बालबिकासदेखि कक्षा ५ सम्म नि:शुल्क पढाउन आर्थिक बिनियोजन गरिएको बताउदै सबैलाई वडाबासीलाई सामुदायिक विद्यालयमा भर्ना गर्न अपिल गरेका छन।
सुनवल नगरपालिकाले आगामी शैक्षिक सत्रदेखि जनप्रतिनिधि तथा सुनवल नगरपालिकाबाट तलब भत्ता खाने कर्मचारीले आफ्ना सन्तानलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा अध्ययन गराउनुपर्ने निर्णय गरेको छ ।
वडा नम्बर १३ मा धान्याचल महायज्ञ मा वि र वनदेवि आधारभुत गरि २ वटा सामुदायिक विद्यालय संचालित छन ।