![](http://safalpost.com/wp-content/uploads/2024/02/Devkota-school-.jpg)
सुनवल । पश्चिम नवलपरासीकै उत्कृष्ट सामुदायिक विद्यालय महाकवी देवकोटा नमुना माध्यामिक विद्यालय सुनवल -४ ले ६४ औं वार्षिकोत्सब तथा अभिभावक दिवस मनाउने भएको छ । विद्यालयले अन्तर विद्यालय खेलकुद तथा विविध सांस्कृतिक कार्यक्रम गरि वार्षिकोत्सब मनाउन लागेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरी अर्यालले जानकारी दिए।
विद्यालयमा कोरिवाटी कार्यक्रम ,विज्ञद्धारा अनुगमन, कक्षा ९ र १० लाई सेमि स्मार्ट कक्षा, संस्कार सिकाउनको लागी नैतिक शिक्षा कार्यक्रम र ६ बर्षदेखि विद्यालयमा स्टाफ नर्सको रेखदेखमा दैनिक उपचार, खेलकुद र संगित शिक्षा साथै पढ्दै कमाउदै गर्नेको ब्यवस्था गरेको अध्यक्ष अर्यालले बताए ।
बार्षिकत्वसको पहिलो दिन माघ २३ गरे विद्यालयदेखि सुनवल चोकसम्म करिब ५ सय मिटर साथै वरिपरिको बस्ती सरसफाई तथा अन्तर विद्यालय भलिबल प्रतियोगिता सुरु भएको छ । त्यस्तै २४ गते सुनवल चोकदेखि विद्यालय परिसरसम्म प्रभातफेरी साथै सांस्कृतिक कार्यक्रम र खेलकुद हुने छन भने २५ गते पुरस्कार वितरण कार्यक्रम र विभिन्न प्रतियोगीता साथै समापनको दिन माघ २६ गते शुक्रवार वार्षिकउत्वस एवं अभिभावक भेला समारोह ,सम्मान, पुरस्कार वितरण विविध सांस्कृतिक कार्यक्रम एवं समापन समारोह हुने विद्यालय व्यवस्थापन समिति सदस्य रामजी पराजुलीले जानकारी दिए ।
विद्यालयमा विज्ञान संकाय,व्यवस्थापन, मानविकिय, होटल म्यानेजमेन्ट,कानुन संकाय र प्राविधिकधार तर्फ अटोमोबाइल अध्यायपन हुँदै आएको छ।साधारण तथा प्राविधिकधारमा संचालित विद्यालयमा बालविकासदेखि कक्षा १२ सम्म २ हजार २ सय विद्यार्थी अध्ययन गर्ने र १ सय ७ जना शिक्षक कर्मचारी कार्यरत रहेको विद्यालयका प्राचार्य खेमलाल जोशी शर्माले बताए।
बिक्रम संवत २०१६ सालमा स्थानीयको सक्रियतामा साबिक सुनवल गाविस १ मा सरस्वती प्राथमिक विद्यालयको नाम स्थापित भएको र २०२५ सालमा चन्द्रंविन्दु निमाविका स्तर उन्नति भएको हाल महाकवि नमुना मावीको सुनवल वडा ४, १०मा साधारण तथा प्राविधिक धार वडा नम्बर ३ बाट संचालित छ ।