सुनवल । महाकवि देवकोटा नमुना मावि सुनवल ४ ले आज विद्यालयका सल्लाहाकारहरु सँग छलफल गरेको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरी अर्यालको अध्यक्षतामा वसेको वैठक तथा छलफलले विद्यालयको ६४ औं वार्षिकउत्वसको वारेमा छलफल गरेको विद्यालयले जनाएको छ ।
वार्षिकउत्वसलाई कसरी भब्य र सब्य रुपमा सफल वनाउने वारेमा सल्लाहारहरु सँग छलफल गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्यालले बताए ।
छलफल कार्यक्रममा विद्यालयका सल्लाहार संयोजक विष्णु पौडेल, थानप्रसाद गैरे, गोपाल शर्मा, अर्जुन पोखरेल, यामप्रसाद ढकाल,नारयाण अर्याल,सुर्दशन पहारी,भविश्वर तिवारी,टेकवहादुर पुन,सोम बहादुर रायमाझि ,दुर्गा नारायण सुवेदी,मोहनबहादुर क्षेत्री, जय बहादुर पुन ,लाल बहादुर पौडेल,चण्डीप्रसाद पाण्डे लगाएतको उपस्थीति रहेको थियो।
सल्लाहकारहरुको सल्लाह सुझावहरु संकलन गरेको र सोहि अनुसार वार्षिकोत्सवलाई भब्य र सब्य वनाउन विद्यालयले तयारी गरेको विद्यालयका प्रध्यानाध्यापक खेमलाल शर्मा जोशीले बताए ।
वैठक तथा छलफल कार्यक्रममा विद्यालय व्यवस्थापन समिति सदस्य रामजी पराजुली,शिक्षक अभिभावक संघका अध्यक्ष डिल्लीराम शर्मा ,विद्यालयका सहायक प्रध्यानाध्यापक डिल्लीराम शर्मा लगायतको उपस्थीति रहेको थियो।