बर्दघाट । बर्दघाट उद्योग वाणिज्य संघको छैठौँ साधारण सभा एवं तेश्रो अधिवेशनबाट सत्तारूढ गठबन्धनलाई हराउदै एमाले गठबन्धनको प्यानलनै विजयी भएको छ । नेकपा(एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी संयुक्त प्यानलका उम्मेदवार लेखनाथ न्यौपानेको प्यानलनै विजयी भएको हो।
अध्यक्षमा निर्वाचित लेखनाथ न्यौपानेले ७ सय ७० मत सहित विजयी भएका हुन् भने कांग्रेस , माओवादि र एसको समर्थनमा कांग्रेसका उम्मेदवार दिनेश न्यौपानेले मत ४ सय ६२ मत प्राप्त गरेका छन भने स्वतन्त्र उम्मेदवार राजु डुम्रेले २ सय ७ मत प्राप्त गरेका छन ।
यस्तै बरिष्ठ उपाध्यक्षमा तारा गौतमले ७ सय ८७ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्दी हरि अधिकारीले ५ सय १७ मत प्राप्त गरेका छन।वाणिज्य उपाध्यक्षमा चन्द्र बहादुर दमाइले ६ सय १५ मत प्राप्त गर्दै विजयी हुँदा निकटतम प्रतिद्वन्दी धनन्जय पौडेलले ३१४ मत प्राप्त गर्दा स्वतन्त्र नवराज अधिकारीले ४ सय ३८ प्राप्त गरेका छन । उद्योग उपाध्यक्षमा टेक बहादुर बुढाथोकीले ७ सय ५८ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्दी भरत कँडेलले ५ सय १८ मत गरेका छन ।
महासचिवमा गँगाप्रसाद पाठकले ५ सय ९० मत सहित विजयी हुँदा र निकटतम प्रतिद्वन्दी मोहन सापकोटाले ४ सय ८ र विष्णु पराजुलीले ३ सय ७० मत प्राप्त गरेका छन ।
त्यसैगरी सचिवमा डिल्लिराज कण्डेल ७ सय ८१ र निकटतम प्रतिद्वन्दी युवराज पाण्डेले ५ सय २४ मत प्राप्त गरेका छन भने कोषाध्यक्षमा जित बहादुर थारु ७ सय २६ प्राप्त गर्दै विजयी हुँदा निकटतम प्रतिद्वन्दी भरतप्रसाद शर्मा बस्याल ५ सय ८४ मत प्राप्त गरेका छन । त्यसैगरी सहकोषाध्यक्षमा पार्वती भुसालले ७ सय २१ प्राप्त गर्दै निर्वाचित हुँदा निकटतम प्रतिद्वन्दी सुमित्रा दमैले ४ सय १६ र जमुना देवी विकले १ सय ७५ मत प्राप्त गरेकी छन।
त्यसैगरी सदस्यहरुमा क्रमश : घनश्यामपाध्या आचार्य (८३५), खुमानन्द बस्याल (७६३), प्रकाश घिमिरे (७९२), कृष्णप्रसाद सापकोटा (६७१), रुविन तामाङ्ग (६८६), घनश्याम थारु(६५३), सन्तोष श्रेष्ठ (६८८) मत सहित निर्वाचित भएका छन भने निकटतम प्रतिद्वन्दीले प्रदिप कुमार चौधरी (४५७) , प्रकाश श्रेष्ठ(४७५) मोहनराज ओझा (३९९) , मिलन भण्डारी, (६०८)कृष्ण बहादुर कामु मगर (५५२), हरिप्रसाद काफ्ले (५१४), दिपनारायण केवट (३८६) र लक्ष्मणजँग हमाल (१८२) मत प्राप्त गरेको निर्वाचन मण्डल संयोजक एवं अधिवक्ता राम कृष्ण पौडेलले जानकारी दिए।
बर्दघाट उद्योग वाणिज्य सँघमा २ हजार ५१ जना उद्योगी ब्यवशायीहरू आवद्ध रहेकोमा १ हजार ५ सय १ जनाले मतदान गरेका थिए । निर्वाचित कार्यसमितिले पद तथा गोपनियताको सपथ ग्रहण खाएका छन ।