ट्रेन्डीङ्ग

सिजि सिमेन्ट उद्योग पाल्पामा स्थानीयको धर्ना

पाल्पा । पाल्पाको रैनादेवी छहरा – २ सोमादीको सिजि सिमेन्ट उद्योगमा स्थानीय बासिन्दाले धर्ना र नारा जुलुस गरेका छन । स्थानीयले पुस ७ गतेदेखि लगाएको ताला कम्पनीले जबर्जस्ती फोरेपछि पीडित नागरिकले कम्पनीको काम नै अवरुद्ध गर्दै शुक्रबारबाट फेरि धर्ना र नाराजुलुस सुरु गरेका छन ।

स्थानीयले मापदण्ड पूरा गर, ठेकेदार होसियार, धाक धम्की चल्दैन, ‘धुलोधूँवा बन्द गर’ लगायतका नारा लगाउँदै स्थानीयले उद्योग क्षेत्रमा प्रदर्शन गरेका छन।

सोमादीको सर्देवा, भवानीडाँडा, भर्ले, तान्सिंगल, सोमादी, रिब्दीकोट ख्याहाको जोगीथुम र देउराली लगायतका स्थानीय भेला भएर उद्योगले प्रदूषण नियन्त्रणमा लापरबाही गरेको भन्दै आन्दोलनमा उत्रिएका हुन ।

स्थानीयका अनुसार सिजी सिमेन्टस्को क्लिंकर उत्पादन कार्यका साथै ढुवानी ठप्प भएको छ । स्थानीयले पटक पट्क अनुरोध गर्दा पनि कम्पनीले अटेर गरेपछि आन्दोलनमा उत्रिनुको विकल्प नदेखिएको बताएका छ्न ।

यता सिजी कम्पनी सर्देवाका प्रशासन प्रमुख पदमबहादुर सिंहले स्थानीय बासिन्दासँग सहमति गरेर उद्योग सञ्चालनलाई निरन्तरता दिइने बताए । रैनादेवी छहरा, सोमादीको सर्देवामा सिजी सिमेन्ट उद्योगको झण्डै ५ सय रोपनी जग्गा रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?