सुनवल । पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा स्वास्थ्यकर्मिहरुलाई ३ दिने उपेक्षित उष्ण प्रदेशिय रोग सम्बन्ध तालीम दिएको छ । इन्द्रेणी सामाजिक बिकास मंच र फेयरमेड फाउन्डेसन नेपालको साझेदारीमा संचालित आधारभुत स्वास्थ्य परियोजनाको सहयोगमा २० जना स्वास्थ्यकर्मिहरुलाई तालिम दिइएको हो ।
गत पौष ९ गते सोमबारदेखि सुनवल नगरभित्र रहेका स्वास्थ्य संस्था भित्र कार्यरत स्वास्थ्यकर्मीको क्षमता बिकास तथा उपेक्षित उष्ण प्रदेशिय रोगबारे देवदह नगर अस्पतालकि मेसु डा.सज्ञा सेन र पालिनन्दन अस्पतालका मेसु डा.राजकुमार गुप्ताले प्रशिक्षण गराएका थिए ।
तालिमको समापन सुनवल नगरपालिका शाखा प्रमुख कृष्णप्रसाद न्यौपानेको अध्यक्षता र नगर प्रमुख बिमला अर्यालको प्रमुख आथिथ्यतामा संचालन गरिएको थियो ।
समापन कार्यक्रम बोल्दै नगर प्रमुख अर्यालले इन्द्रेणी सामाजिक बिकास मंचबाट नगरपालिकालाई धेरै सहयोग गरिएको र यो सहयोगको अपेक्षा सदैब हुने पनि बताइन।
त्यसैगरी स्वास्थ्य शाखा प्रमुख न्यौपानेले आधारभुत स्वास्थ्य परियोजनाले राम्रो कार्य गर्दै आएको र आगामी दिनमा पनि राम्रो कार्य गर्दै जानेछ भन्ने आशावादी रहेको बताउदै तालीम पछि स्वास्थ्यकर्मिको क्षमतामा बिकास हुने विश्वस्त रहेको भनाइ छ।
तालीममा सहभागीले उपेक्षित उष्ण प्रदेशिय रोगको बारेको स्पष्ट भएको र अब काम गर्न सजिलो हुने बताएका थिए ।
तालिममा इन्द्रेणी सामाजिक बिकास मन्चका कार्यकारी प्रमुख बद्रीप्रसाद सुवेदी, परियोजनाका कार्यक्रम अधिकृत पुष्पराज आचार्य लगायतको उपस्थिती रहेको थियो ।