सुनवल । पश्चिम नवलपरासीको सुनवल नगरपालिका – ३ किर्तिपुरमा निर्मानाधीन बहुउद्देश्यीय कभर्डहल निर्माणको पहिलो चरण सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ ।
कर्वभहल रगशाला निर्माण उपभोक्ता समिति गठनका अध्यक्ष कुलप्रसाद भट्टराईको अध्यक्षता तथा वडा ३ का अध्यक्ष पविन गुरुङको प्रमुख आतिथ्यमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि वडा अध्यक्ष गुरुङले बहुउद्देश्यीय कभर्डहलले सुनवल क्षेत्रको बिकासमा टेवा पुग्नेमा बिस्वास्त व्यक्त गरे । नगरपालिकाको आर्थिक वर्ष २०७७/०७८ र ०७८/०७९ को ३०-३० लाख गरि पहिलो चरणको ६० लाख बराबरको बजेटबाट कार्यपालिकाको निर्णय बमोजिमनै उपभोक्ता समुह मार्फत निर्माण गरिएको जानकारी दिए ।
त्यसैगरि निवर्तमान वडा ३ का वडा अध्यक्ष कर्णबहादुर सेन, कार्यपालिका सदस्य श्यामबहादुर गुरुङ,जनउदय वनका अध्यक्ष बलबहादुर थापा वडा ३ नम्बरको मात्र नभई सुनवलको गौरवको योजना सबैले सहयोग गर्नु पर्नेमा जोड दिएका थिए ।
निर्माणका क्रममा समस्या प्राविधिक देखिएको तर बाहिर आएको जस्तो अनियमितता नरहेको उपभोक्ता समितीका अध्यक्ष कुल प्रसाद भट्टराईले बताए ।
कार्यक्रम खुबी गुरुङको स्वागत र सस्थाकी सचिव कमला रानाको संचालनमा भएको थियो ।
कराते,तेक्वान्दो,भलिबल र टीटी लगायतका खेल खेल्न मिल्ने बहुउद्देश्यीय कभर्डहलको ३० प्रतिशत निर्माणको काम सहिएको कोषाध्यक्ष खिमानन्द न्यौपानेले जानकारी दिए। कभर्डहको २०७९ माघ १९ गते शिलान्यास गरिएको थियो।