![](http://safalpost.com/wp-content/uploads/2023/11/20231125161717_IMG_6039-scaled.jpg)
भुमही । पश्चिम नवलपरासीको सुनवल नगरपालिका १२ भुमहीमा १ करोड दिप प्रज्वलन भएको छ । श्री हरि आध्यात्मिक प्रतिष्ठान समितिले चतुर्मास सत्सगं २०८० को अवसरमा अष्टदश पुराण कथा प्रवचन ज्ञान तथा एक करोड दिप प्रज्वलन गर्ने जनाएको हो ।
विश्व शान्तिको उद्देश्यले ३२ हात लम्बाई र ३२ हात चौडा क्षेत्रफलमा मण्डपमा ॐ, चन्द्र , सुर्य , संटकोट , त्रिभुज र स्वंतिक चिन्ह बनाएर अधिक १ करोड दिप बालिएको हो।
हरिशयनी एकादशीदेखि सुरु भएको चतुर्मास सत्सगं हरिबोधनी एकादशीसम्म पाँच महिना संचालित चतुर्मास सत्सगंमा नेपाली तथा भारतीय कथावाचकले १८ ओटा महापुराण प्रवचन सहित दैनिक भजन कृतन भएको दिप प्रज्वलन १ करोड संकल्प गरिएको भए पनि १ करोड ७० लाख बढी बत्ती बालिएको श्री हरि आध्यात्मिक प्रतिष्ठानका अध्यक्ष एव सकल्प कर्ता नारायण कृष्ण पाण्डे बताउनु भयो।
लुम्बिनी प्रदेशमै एकै पटक एक करोड ७५ लाख बढी दिप प्रज्वलन गरेको पहिलो भएको दावी समेत गरिएको छ ।
आध्यात्मिक प्रतिष्ठानले परिकल्पना गरेको देशभर गर्ने १ सय आठ अनुष्ठान मध्यको तेस्रो कार्यक्रम चतुर्मास सत्संग कार्यक्रम अन्तर्गत भुमहीको दुर्गा मन्दिरमा संचालन गरेको हो । पहिलो सुनवल नगरपालिका वडा नम्वर १२ नविनटोलमा गरेको र दोस्रो बाबा वर्दगोरियामा सम्पन्न गरेको प्रतिष्ठानले जनाएको छ।
त्यस्तै प्रतिष्ठान समितिले एक हजार ८ भजन सन्ध्या, अनलाईन गुरुकुलम सुरु र १ लाख ८ गिता वितरण गर्ने कार्यक्रमहरुलाई निरन्तर रुपमा अगाडि बढाएको जनाएको छ।