ट्रेन्डीङ्ग

बर्दघाटमा एक वर्षमा साढे ६ कि.मी. सडक कालोपत्रे

बर्दघाट । पश्चिम नवलपरासीमा रहेको बर्दघाट नगरपालिकाले आर्थिक बर्ष २०७९/०८० को वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । मंगलबार भएको नगरको मासिक पत्रकार भेटघाट कार्यक्रममा नगरले उक्त प्रतिवेदन सार्वजनिक गरेको हो । ९४ करोड ३९ लाख ९० हजारको बजेट मध्ये ७९ करोड ८६ लाख ४० हजार अर्थात ८४।६० प्रतिशत खर्च भएको लिखित वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरिएको छ ।

नगरप्रमुख शम्भुलाल श्रेष्ठको अध्यक्षतामा भएको मासिक पत्रकार भेटघाट कार्यक्रममा नगरले सार्वजनिक गरीएको वार्षिक समिक्षा प्रतिवेदनको तथ्याङ्क अनुसार ५ सय ९१ ओटा योजनाहरु उपभोक्ता समिति , संघ-सस्था तथा सेवा परामर्श मार्फत सम्पन्न भएका छन भने ३५ ओटा योजनाहरु ठेक्का प्रक्रिया मार्फत कार्यान्वयन गरीएको नगर प्रवक्ता सन्त बहादुर गाहाले जानकारी दिए ।

पत्रकार सम्मेलनमा प्रतिबेदन बाचन गर्दै उनले”-आ.ब.२०७९/०८० मा २४.७० कि.मि. सडक ग्राभेल,६.३० कि.मि. सडक कालोपत्रे,१ सय ५८.३ मि. पि.सि.सि. र आर.सि.सि. सडक निमार्ण गरीएको नगरले आफ्नो प्रगति गरेको बताए । त्यसै गरी कालोपत्रे सडक मर्मत २ हजार ५ सय ६४ मि.,११ं९५ कि.मि.कच्ची बाटो निमार्ण र ५ हजार ५ सय ९६.९ मि. सडक नाला निमार्ण गरेको नगरले जनाएको छ । यसरी नै भौतिक पूर्वाधार तर्फ ३२ वटा योजनाहरु सम्पन्न गरेको छ ।

त्यसैगरी न्यायीक समितितर्फ आ.ब.२०७९/०८० मा १ सय ३० वटा विवाद तथा निवेदनहरु दर्ता भएको उल्लेख गरीएको छ । जस्मा ५८ वटा जग्गा ,भोग, खिचलो, साँध-आली सम्वन्धिका विवादहरु रहेको र त्यस मध्ये २५ वटा समाधान भएको,१३ वटा डिसमिस भएको,५ वटा अदालत गएको र १५ वटा बाँकी रहेको जनाइएको छ ।

त्यस्तै २३ वटा लेन देनका उजुरीहरु मध्ये १३ वटा समाधान भएका,५ वटा डिसमिस भएका,१ वटा अदालत गएको र ४ वटा बाँकी रहेका छन । आ.ब.२०७९/०८० मा पति पत्नी तथा घरायसी विवाद १५ वटा,बाटो तथा सार्वजनिक जग्गा का १० वटा,ज्याला मजदुरीका ३ वटा, पालन पोषणका ३ वटा र अन्य दर्ता नभएका लेन देनका १४ वटा निवेदनहरु रहेको प्रतिवेदनमा उल्लेख गरीएको छ ।

बर्दघाट नगरको भौतिक पूर्वाधार र न्यायीक क्षेत्रमा जस्तै आ.ब.२०७९/०८० मा बर्दघाट नगरको पञ्जीकरण तर्फको रेकर्ड अनुसार ब्यीक्तगत घटना दर्ताका क्रममा ८ सय ५९ जना पुरुष र ८ सय ३४ जना महिला गरी १ हजार ६ सय ९३ जनाको जन्मदर्ता भएको छ भने ३ सय ४२ पुरुष र २ सय ४२ महिला गरी ५ सय ८३ जनाको मृत्युदर्ता भएको तथ्याङ्क रहेको छ ।

त्यसैगरी आ.ब.२०७९/०८० मा १ सय जनाले सम्बन्ध विच्छेत गरेको , ७ सय ६५ जनाले बिबाह गरेको,४ सय ८४ घरपरिवारका १ हजार ५ सय ९५ जना बसाई सराई गरी आएको र २ सय ३३ घर परिवारका ६ सय ५५ जना बसाई सराइगरी जानेको संख्या रहेको नगरले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरीएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?