बारा । भारतीय तीर्थ यात्री बोकेको बस बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको वडा न २२ चुरियामाई नजिकै दुर्घटना भएकाे छ । उक्त बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन ।
मृत्यु हुनेमा भारत राजस्थान बस्ने बर्ष ६७ को बहादुर सिंह,राजस्थान बस्ने बर्ष ६० कि सत्यवती देवी,राजस्थान बस्ने बर्ष ७० को राजेन्द्र चतुरबेदी ,राजस्थान बस्ने बर्ष ६५ कि श्रीकान्त चतुरबेदी,राजस्थान बस्ने बर्ष ६७ कि बैजनती देवी ,राजस्थान बस्ने बर्ष ६५ कि मिरा देवी, महोत्तरीकि लोहारपटी नपा ५ बस्ने बर्ष ४१ का विजयलाल पण्डित रहेको बारा प्रहरीले जनाएको छ ।
भारतिय तीर्थयात्री बोकेको बस बिहिवार बिहान करिब ३ बजे दुर्घटना हुँदा बसमा सवार ७ जनाको मृत्यु भएको छ ।
काठमाडौ बाट पशुपतिनाथको दर्शन गरेर महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेस प्रदेश-०३-००१ ख ७९९४ नम्बरको सो बस दुर्घटनामा ६ भारतीय नागरिक र एकजना नेपालीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए।
चालक सहित २७ यात्रु सवार उक्त बस चुरियामाई मन्दिरबाट १०० मिटर दक्षिण तर्फको खोलामा खसेको र दुर्घटनामा घाइते अन्य १९ यात्रुको हेटौंडाको विभिन्न अस्पतालमा उपचार भईरहेको प्रहरिले जनाएको छ।
गाडी चालक फरार रहेको हुनाले घटना कसरी भएको अहिले अनुसन्धान भईरहेको प्रहरिले जनाएको छ।