ट्रेन्डीङ्ग

बर्दघाटको राजा माविमा लागेको ताला खोलियो

बर्दघाट । बर्दघाट नगरपालिका वडा नम्बर ९ मा रहेको राजा माविको प्रशासन तथा लेखामा लागेको ताला खोलिएको छ । सर्बदलिय प्रतिनिधिको रोहवरमा नगरपालिकाका सामाजिक विकास समिति संयोजक भिमकाजी गुरुङ्गले ताला खोलेका हुन्  ।

अभिभावकहरुले विद्यालयमा शिक्षक अभिभावक संघ गठन हुनुपर्ने, हरहिसाव सार्वजनिक गरिनुपर्ने लगायतका माग राखेर केही अभिभावहरुले आईतबार विद्यालयको प्रधानाध्यापकको कार्यकक्ष र लेखा शाखामा ताला लगाएका थिए ।

विद्यालयको प्रशासनमा तालाबन्दि भएपछि सोमबार विद्यालयमै सर्बदलिय प्रतिनिधि, जनप्रतिनिधि, विद्यालय ब्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक प्रतिनिधि लगायत सहभागी बैठकले तत्काल ताला खोल्ने निर्णय गरेको थियो । विद्यालय शान्ति क्षेत्र भएकोले कानुन विपरितका कुनैपनि क्रियाकलाप गर्न नहुने र आगामि दिनमा हुन पनि नदिन सबै सचेत हुनुपर्ने बैठकका सहभागिहरुको धारणा रहेको थियो ।

बैठकले १५ दिन भित्रमा अभिभावक भेला बोलाई शिक्षक अभिभावक संघ गठन गर्ने र २० दिन भित्रमा सामाजीक लेखापरिक्षण गर्ने निर्णय गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?