ट्रेन्डीङ्ग

जंगली च्याउ सेवन गर्दा बर्दघाटमा ४ जना बिमारी

प्रतीकात्मक तस्बिर

बर्दघाट । जंगली च्याउ सेवन गर्दा पश्चिम नवलपरासीको बर्दघाटमा एकै घरका चार जना विरामी परेका छन । बर्दघाट-१४ आवास टोलका ब्रर्मा लोहारका चार जना छोराछोरी विरामी परेका हुन ।

बिरामी पर्नेमा १५ वर्षीया अनुपा लोहार, ११ वर्षीया आचल लोहार ९ वर्षीय अनु लोहार र वर्षीय किसन लोहार रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले जानकारी दिए ।

बिरामी चारै जनाको शहीद स्मृति सामुदायिक अस्पताल चौपत्तामा उपचार भईरहेको छ ।

सोमबार साँझ च्याउ सेवन गरेका उनीहरुले कुन प्रकारको च्याउ खाएका हुन भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?