![](http://safalpost.com/wp-content/uploads/2023/07/received_583993770557590.jpeg)
परासी।पश्चिम नवलपरासीको दुई वटा नगरपालिकालाई देशकै पहिलो पूर्ण संस्थागत प्रसुती सेवायुक्त नगरपालिका घोषणा गरिएको छ।लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री राजु खनालले एक कार्यक्रमका बिच आज सुनवल नगरपालिका र बर्दघाट नगरपालिकालाई पूर्ण संस्थागत प्रसुती सेवायुक्त नगरपालिका घोषणा गरेका हुन।
पूर्ण संस्थागत प्रसुती सेवायुक्त नगरपालिका घोषणा गदै मन्त्रीले खनालले सबै सूचकहरू पूरा गरी घोषणा गर्नु मात्र नभई यसको दिगोपना र स्थायित्व चुनौतीको विषय रहेको बताउँदै यसका आधार र मापदण्डलाई निरन्तरता दिन जरुरी रहेको बताए।जिल्ला अस्पतालहरूमा विशेषज्ञ सहितका चिकित्सक व्यवस्थापन गरिने गरी ग्रामीण दूर दराजका नागरिकलाई स्वास्थ्याउपचारको पहुँचमा पुर्याईने प्रदेश सरकार लक्ष्यका साथ काम गरिरहेको मन्त्री खनालले बताए।
अस्पतालहरूलाई प्रविधिमैत्री र दक्ष जनशक्ति सहितको स्वास्थ्य उपचारमा सहज सलभ तरिकाले स्वास्थ्य सेवाको जनताको पहुँच पुयाउने मन्त्री खनालको भनाई थियो।प्रदेशमा दुईवटा प्रदेशिक अस्पताल थप स्तरउन्नती गरी जनतालाई लाभ हुने गरी स्वास्थ्य उपचार सेवा दिने सरकार योजनाको साथ अगाडि बढेको मन्त्री खनालले बताए।
मन्त्री खनालले प्रदेश सरकारले अयुर्बेद अस्पतालहरुलाई पनि अहिले बजेटमा बिशेष प्रथामिकता दिईएको भन्दै अयुर्बेद अस्पतालहरुलाई पनि स्तरउन्नती गरी जनता प्रत्यक्ष स्वास्थ्य उपचारको पहुँच पुयाउने र बिजौरीमा अयुर्बेद अस्पताललाई ५० शैया बेड बिस्तार गर्ने बताए।
कार्यक्रममा सुनवल नगरपालिकाको नगरप्रमुख बिमला अर्यालले सुनवल नगरपालिकाले बार्थिड सेन्टर स्थापना गरेको र गर्भवती महिलाहरु नि;शुल्क एम्बुलेन्स सेवा दिईएको बताईन।१३ वटै वडाबाट आधारभूत स्वास्थ्य सेवा प्रदान गर्दै आएको गर्भवती महिलाहरुलाई गर्भ अवस्थादेखी नै चेकजाँजमा स्वास्थ्यकर्मीहरुबाट बिशेष निगरानीको कार्य गदै आईएको अर्यालले बताईन।
जनस्वास्थ्य तथा पोषणमा समेटिएको ८८ वटा सूचक मध्ये ४४ वटा प्रथामिक स्वास्थ्य सेवासंग मध्ये समग्रमा सुरक्षित मातृत्व र घरघुरी सर्बेक्षण गरी तथा पूर्ण सुत्केरी कार्यक्रम खोजी कार्यमा जम्मा २ अपताल लैजाने क्रममा घरमा सुत्केरी पश्चायत अस्पतालमा गएको पाईएको बताईन।उनको अनुसार यस आ।बमा चैतसम्म ६ सय ८७ जना मध्ये २ जना बाटो सुत्केरी भएको नगरप्रमुख अर्यालले जानकारी दिईन।
बर्दघाट नगरपालिकामा १६ वटै वडामा आधारभूत स्वास्थ्य केन्द्र र एक अस्पताल रहेको बर्दघाट नगरप्रमुख शम्भूलाल श्रेष्ठले जानकारी दिए।नगरप्रमुख शम्भुलाल श्रेष्ठले केही वर्षभित्रमै सबै आधारभूत स्वास्थ्य केन्द्रमा बर्थिङ सेन्टरको स्थापना र नगरवासीलाई प्रभावकारी स्वास्थ्य सेवाको पहुँचमा र्पुयाउन सुविधा युक्त र प्रभावकारी बनाउँदै नगर मातहतका स्वास्थ्य सस्थाहरुमा सेवा बिस्तार गर्दै लगिने बताए।
इन्द्रेणी सामाजिक मन्च र फेयरमेड फाउन्डेसनको साझेदारी मा संचालित आधारभुत स्वास्थ्य परियोजनाको सहयोगमा दुई वटा नगरपालिकालाई देशकै पहिलो पूर्ण संस्थागत प्रसुती सेवायुक्त नगरपालिका घोषणा गरिएको हो ।
कार्यक्रममा दुबै नगरपालिकाले स्वास्थ्यकर्र्मी र महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मान समेत गरेका थिए।