ट्रेन्डीङ्ग

सुनवलमा आमा शिक्षा महिला बिद्यालय संचालन

परासी।पश्चिम नवलपरासी जिल्लामै पहिलो पटक सुननवल नगरपालिकाले महिला विद्यालयको शुभारम्भ गरेको छ।घरमै वस्ने महिलाहरुलाई लक्षित गर्दै लुम्विनी समता महिला विद्यालयको शुरु गरेको हो।

 

 

 

विहान घरको काम सकेर आफ्ना नानी,वावुहरुलाई विद्यालय पठाइसकेपछि विद्यालय जाने र विद्यालयबाट आफ्ना नानीवावु घर नर्फकिदै घरमै पुग्ने गरी पठनपाठन संचालनमा आएको हो।

 

 

 

लुम्विनी माध्यमिक विद्यालयमा संचलन भएको महिला विद्यालयमा कक्षा ४ देखि १० सम्म महिलाहरुलाई भर्ना गरी पठनपाठन संचालन गरेको लुम्विनी माध्यामिक विद्यालयका प्राचार्य हुमनाथ सुबेदीले जानकारी दिए।महिला बिद्यालयको आज एक कार्यक्रमको बिच जिल्ला समन्वय समिति प्रमुख भगौती यादवले उद्घाटन गरेका छन।

 

 

 

महिला विद्यालयको उद्घाटन गर्दै जिल्ला समन्वय समिति प्रमुख भगौती यादवले जिल्लामै पहिलो पटक महिला विद्यालय संचालनमा आउनु निकै महत्वपुर्ण भएको बताए।

 

 

 

लुम्विनी समता महिला विद्यालय नामकरण गरेको महिला विद्यालयको दिगोपनाको लागी सवैको उत्तदायित्व रहेको बताए।

 

 

महिला दिदिवहिनीहरुलाई सचेत र सिपवान बनाउने लक्ष्यका साथ सुनवल नगरपालिकालाई समृद्ध वनाउने योजना सहित महिला विद्यालयको सुभारम्भ गरेको सुनवल नगरपालिकाका प्रमुख विमला अर्यालले बताइन।

 

 

 

महिलाहरुलाई सक्षम र सवल बनाउन का साथै समाज रुपान्तरणको लागी महिला सचेत हुन अपरिहार्य भएको नगरप्रमुख अर्यालको भनाई छ।

 

 

 

त्यस्तै सुनवल नगरपालकाकाले नगर उपप्रमुख सुर्य दुबेले सुनवलको विकासमा महिलाहरुको भुमिका रहने भन्दै महिला विद्यालयले अहम भुमिका खेल्ने वताए।हरेक व्यक्तिको जिवनमा शिक्षाले प्रभाव पार्ने भन्दै लुम्विनी समता महिला विद्यालयले सुनवललाई शैक्षिक हव बनाउनको लागी कोशे ढुगां सावित हुने बताए।

 

 

त्यस्तै सुनवल नगरपालिकाका संस्थपक नगरप्रमुख भिम बहादुर थापाले शिक्षा सँगै आर्थिक रुपमा पनि महिला दिदिवहिनीहरु सक्षम हुनुपर्नेमा जोड दिए।उनले अनुरुप प्रत्येक वडामा महिला उद्यम केन्द्र निर्माण गरेको बताए।विद्यालयमा किताव मात्रै नभई सिप सिकाई पनि हुनु पर्ने थापाको भनाई छ।

 

 

 

अधिकारमा आधारित विकास गर्न साथै समताबाट समानतातर्फ अगाडी वढाउनको लागी लुम्विनी समता महिला विद्यालयको भुमिका रहने सुनवल नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासीनीले बताए।

 

 

 

त्यस्तै नेपाल पत्रकार महासँघ जिल्ला शाखा पश्चिम नवलपरासीका अध्यक्ष हरि शर्माले सुनवल नगरपालिकामा महिला विद्यालयल जिल्लाकै नमुना भएको बताए।यसलाई दिगोपनाको लागी विशेष ध्यान दिन समेत अध्यक्ष शर्माले सुझाब दिए।

 

 

महिला विद्यालयको शुभारम्भ लुम्विनी माध्यामिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष गंगाबहादुर गुरुङको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख भगौति यादवको प्रमुख आतिथ्यतामा शुभारम्भ कार्यक्रममा महिला शिक्षा उपसमिति संयोजक मिना शर्मा ढकालको लगायतले शुभकामना व्यक्त गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?