![](http://safalpost.com/wp-content/uploads/2023/05/20230522_201746_0000.png)
सुनवल।पश्चिम नवलपरासीको सुनवलमा छैटौं मेयर कप फुटबल प्रतियोगिताको वडा नम्बर १३ विजयी भएको छ।
छैटौं मेयर कप उपभोक्ता समितिको आयोजनामा सुनवल नपा-१० गैडाखालमा आज जेठ ८ गते तेस्रो खेलमा वडा नम्बर १३ र वडा नम्बर २ बिच भएको खेलमा वडा नम्बर १३ ले वडा नम्बर २ लाई ० का विरुद्ध ५ गोल गर्दै विजयी भएको हो।
पहिलो हापमा पेनाल्टी सुटआउट मार्फत एक गोल अग्रता बढाएको वडा १३ ले दोस्रो हापमा ४ गोल गरेको थियो।वडा नम्बर १३ का क्याप्टेन बिनोद भट्टराईले ह्याटि्रक गोल सहित म्यान अफ दि म्याच घोषित भएका थिए। यमन भण्डारी र दिलिप चौधरीले १-१ गोल गरेका थिए।
यसैबिच भोलि जेठ ९ गते खेल वडा नम्बर ३ र वडा नम्बर ४ बिच हुने छैटौं मेयर कप फुटबल प्रतियोगिता उपभोक्ता समितिका अध्यक्ष जित बहादुर पुनले जानकारी दिए।