काठमाडौ।आगामी ५ चैत मा त्रिभुवन विश्वविद्यालयका ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन हुँदैछ । जसका लागि विद्यार्थी नेताहरूको दौडधुप समेत बढेको छ।
स्ववियु टिकटका लागि विद्यार्थी नेताहरू कसरतमा छन्।त्रिचन्द्र क्याम्पसमा पनि स्ववियु निर्वाचनको सरगर्मी बढेको छ।
त्रिचन्द्र क्याम्पसमा देशैभरिको तुलनामा सबैभन्दा धेरै २४ राजनीतिक संघ संगठनले स्ववियु चुनावका लागि संगठन दर्ता गराएका छन्। त्रिचन्द्र क्याम्पसमा पछिल्लो समय शक्तिशाली बन्दै आएको अखिल (क्रान्तिकारी)ले पनि संगठन दर्ता गराएको छ।
अखिल (क्रान्तिकारी)को तर्फबाट त्रिचन्द्र क्याम्पस स्ववियु सभापतिका लागि ३ जनाको नाम सिफारिस भएको छ।
अखिल (क्रान्तिकारी) त्रिचन्द्र क्याम्पसका पुर्व उपाध्यक्ष तथा मानवबिज्ञान स्नातकोत्तर तहमा क्याम्पस प्रथम समेत रहेका अशोक भण्डारी, उपत्यका बिशेष प्रदेश सदस्य महेश गिरि र क्याम्पस इकाई अध्यक्ष प्रदिप भण्डारी र इकाई उपाध्यक्ष प्रेम तामाङ् क्रान्तिकारीको तर्फबाट स्ववियु सभापतिको लागि दौडधुपमा छन्।