ट्रेन्डीङ्ग

कुपोषित वालवालिका खोज्न सुनवलमा शिविर

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले कुपोषित वालवालिका खोजपड्ताल अभियान सञ्चालन गरेको छ।

 

नगरलाइ कुपोषण रहित नगर बनाउँने अभियान अन्र्तगत नगरका १३ वटै वडाहरुमा ६ महिना देखि ५९ महिना उमेर सम्मका बालबालिकाहरुको तौल अनुगमन शिविर सञ्चालन गरी कुपोषित वालवालिकाहरु खोजि गरिएको हो। यस कार्यक्रम अन्र्तगत नगरमा पोषणको अवस्था कस्तो छ भनेर नगरका ६ महिना देखि ५९ महिना उमेर सम्मका ५ हजार ९१ जना वालवालिकाको तौल लिईने नगर स्वास्थ्य शाखा प्रमुख कृष्ण न्यौपानेले जानकारी दिनुभयो।

 

नगरका विभिन्न विद्यालय,आमा समुह भवन,सामुदायिक भवन,स्वास्थ्य केन्द्र लगायत गरी ६३ वटा स्थानमा केन्द्र राखेर स्वास्थ्यकर्मिद्धारा माघ २३ गतेबाट बालबालिकाहरुको तौल अनुगमन गरिएको हो ।

स्वास्थ्य शाखा प्रमुख न्यौपानेका अनुसार यस अभियान आगामी माघ २९ गते सम्म सञ्चालन हुने छ । सो क्रममा कुपोषित वालवालिका भेटिएमा ओटिसी सेन्टरहरु रामनगर हेल्थ पोष्ट र सुनवल हेल्थ पोष्टमा उपचार गरिने उहाले बताउनुभयो ।

 

नगरले कुपोषित वालवालिकाको उपचार पुरा भए पछि ६ महिना सम्म मासिक रु ५ सय पोषण भत्ताको व्यवस्था गरेको छ । यस कार्यक्रमबाट वालवालिकाहरुको थप वृद्धि विकासमा सहयोग पुर्याउने विश्वास लिएको स्वास्थ्य शाखा प्रमुख न्यौपानेले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?