ट्रेन्डीङ्ग

सर्वाङ्गिण कृषि सहकारीद्वारा आलु खेति प्रर्वद्धन कार्यक्रमको सार्वजनिक सुनुवाई

सुनवल।सर्वाङ्गिण कृषि सहकारी संस्था लि. सुनवल १ नवलपरासीले आलु खेति प्रर्वद्धन कार्याक्रमको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ।शनिवार सुनवल ९ मा सहकारीका अध्यक्ष खगराज उपाध्यायको अध्यक्षता तथा सुनवल वडा नं ९ का वडाध्यक्ष विरवल चौधरीको प्रमुख आतिथ्यतामा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो।

 

सो अवसरमा सहकारीले सुनवल २ र ९ नं वडामा नगरपालिकासंग ५ विघा जग्गा भाडामा लिई त्यसमध्ये ४ विघा क्षेत्रफलमा आलु खेती गरेको सहकारीका अध्यक्ष उपाध्यायले जानकारी दिनुभयो।उहाका अनुसार कृषि ज्ञान केन्द्र नवलपरासीको करिव ३ लाख सहयोग र संस्थाको ४ लाख ३७ हजार लागतमा आलु खेती गरिएको हो।यो आलु खेती यस सहकारीको पहिलो प्रयास रहेको बताउदै अध्यक्ष उपाध्यायले कृषकको आर्कषण र उत्पादनलाई मध्यनजर गर्दै आगामी दिनमा आलु उत्पादनलाई निरन्तरता दिने बताउनुभयो।

 

कार्यक्रममा सुनवल वडा नं ९ का वडाध्यक्ष चौधरीले आफ्नो वडामा आलु उत्पादनलाई सहकारीले अगाडी बढाएकोमा खुसी व्यक्त गर्दै नगरको कृषि प्रवद्र्धनका लागि पालिकामा आफुले पहल गर्ने बताउनुभयो।

 

यस्तै सहकारीका सल्लाहकार कृष्णबन्दु अर्यालले कृषि सहकारीले आगामी दिनमा थप कृषि उत्पादनलाई विस्तार गर्दै जाने बताउनुभयो।सार्वजनिक सुनुवाईमा उठेका विभिन्न जिज्ञासाहरुको जवाफ सहकारीका अध्यक्ष उपाध्याय र वडा नं ९ का वडाध्यक्ष चौधरीले दिनुभएको थियो।कार्यक्रममा उपाध्यक्ष रुद्रनाथ लामिछानेको स्वागत र कोषाध्यक्ष हरि चापागाईको संचालन रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?