उक्त कार्यक्रममा सस्थाका पूर्व अध्यक्ष पेउ नारायण न्यौपाने,लुम्बिनी प्रदेश कृषि सहकारी सस्थाका सदस्य उपेन्द्रमान प्रधान सस्थाका व्यस्थापक यमुनादेवी पाण्डे लगाएतले शुभकामना मन्तव्य दिनुभएको थियो।सहकारी शिक्षा शिबिरमा सहभागी भएका १ सय जना शेयर सदस्यहरुलाई सस्थाका पूर्व अध्यक्ष पेउनारायण न्यौपानेले प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।
सस्थाका उयाध्यक्ष जयराम बस्यालको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सस्थाका सचिव रमेश पराजुलिले गर्नुभएको थियो ।
भोलि अर्थात दोश्रो दिन माघ १७ गते सहकारीद्वारा गठित महिला सशक्तिकरण उपसमिति अन्र्तगत गठित १६ वटा टोल समितिका सदस्यहरुलाई प्रदान गरिने नेतृत्व विकास तालिमान नेपाल जेसीजकी राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष रजनी थापाले प्रहिक्षण दिनुहुनेछ। सोही दिन आर्थिक विकासमा सहकारीताको भूमिका विषयक वक्तृत्वकला प्रतियोगिता हुने सो प्रतियोगितामा २६ विद्यालयको सहभागिता रहने अध्यक्ष पाण्डेयले बताउनुभयो । त्यसैगरि समापनको दिन अर्थात माघ १८ गते सहकारीका सस्थापक अध्यक्ष स्व. नित्यान्द पोखरेल सहित दुई जनालाई मरणोपरान्त सम्मान गरिनेछ । सोही अवसरमा सहकारीको स्थापनादेखि हालसम्म सञ्चालक समिति तथा विभिन्न उपसमितिमा रहेर योगददान गरेका सदस्यहरु, स्थापनादेखि हालसम्मका कर्मचारीहरुलाई सम्मान, वक्तृत्वकला प्रतियोगिताका विजयी विद्यार्थीलाई पुरस्कार वितरण र राष्ट्रिय कलाकार खुमन अधिकारी र रमिला न्यौपाने सहितका कलाकारहरुको उपस्थितिमा सांस्कृतिक कार्यक्रम पनि गरिने संस्थाले जनाएको छ ।