ट्रेन्डीङ्ग

नेपाल निर्माण तथा सम्वद्ध श्रमिक संघको २५ औ स्थापना दिवस सुनवलमा पनि मनाईयो

सुनवल।नेपाल निर्माण तथा सम्वद्ध श्रमिक संघको २५ औ स्थापना दिवसको अवसरमा नगर कार्यसमिति सुनवलले पनि एक कार्यक्रमका विच आज स्थापना दिवस तथा सदस्यता नविकरण कार्यक्रम गरी मनाएको छ।

नगर कार्यसमिति सुनवलले आफ्नो कार्यालय परिषरमा केक काटेर स्थापना दिवस मनाएको हो।

नगर कार्यसमितिका अध्यक्ष दशरथ प्रसाद चौधरीको अध्यक्षता तथा संघका केन्द्रिय उपाध्यक्ष धर्मदत्त चापागाईको प्रमुख आतिथ्यतामा भएको कार्याक्रममा निर्माण श्रमिक संघका अगुवा नेता तथा कार्यकर्ता एवं अन्य निर्माण व्यवसायीहरुको उपस्थिति रहेको थियो।

निर्माण व्यवसायीले श्रमिकका पक्षमा सरकार कमजोर भएको टिप्पणी गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?