सुनवल।पश्चिम नवलपरासीको सुनवलमा आज देखी प्रथम बिग बुद्ध कप खुल्ला नकआउट पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ।
विग बुद्ध क्लबको आयोजनामा सुनवल ६ विशासय स्थित भुपु खेल मैदानमा सुरु भएको खुल्ला नकआउट फुटबल प्रतियोगिताको आज एक कार्यक्रमका विच प्रदेश सभासदस्य खडग बस्नेतले उद्घाटन गर्नुभयो।
प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश सभा सदस्य बस्नेतले खेलबाट समाज अनुसासित तरिकाले अगाडी बढ्ने बताउदै खेलाडिलाई राज्यले अपनत्व गर्न नसकेकोमा दुख व्यक्त गर्नुभयो । उहाले खेलाडिलाई उचित तालिम र जिविकोपार्जन सहितका सुविधा र अवसरको व्यवस्था गर्नु बताउनुभयो।प्रदेश सभा सदस्य बस्नेतले खेल क्षेत्रको विकास र प्रवद्र्धनका लागि आफुले सक्दो पहल गर्ने बताउनुभयो।
प्रतियोगिताको आज पहिलो दिनमा भएको खेलमा चरङ्गे युवा क्लव रुपन्देहीलाई ३-१ गोल अन्तरले पराजित गर्दै नव नेपाल किसान युवा क्लव दविला विजय भएको छ । खेलमा नव नेपाल किसान युवा क्लवका जर्सि नं ८ का खेलाडी मनिष चौधरी म्यान अफ द म्याच घोषित भएका छन् ।
आगामी माघ २६ गते सम्म सञ्चालन हुने प्रतियोगितामा नवलपरासी र रुपन्देहीका ए डिभिजन क्लब सहित आयोजक समुहको ’रातो’ र ’निलो’ गरि १७ टिमको सहभागीता रहेको छ।
उद्घाटन समारोहमा सुनवल वडा नं ६ का वडाध्यक्ष हिमलाल शर्मा,पुर्व वडाध्यक्ष रामप्रसाद लामा, जिल्ला फुटवल संघ नवलपरासीका उपाध्यक्ष मिलन गुरुगं, सचिव सुरेन्द्र कवर,प्रशिक्षक जितबहादुर पुन, युवा समाजसेवी जिवन पौडेल,पदम काफ्ले लगायत खेलपे्रमीहरुको उल्लेख्य सहभागिता रहेको थियो।कार्यक्रमको संचालन बिष्णु पाण्डेले गर्नूभएको थियो।
विग बुद्ध क्लबका अध्यक्ष एवं खेल संयोजक सन्जिव लामाले प्रतियोगिताको बिजेता समुहले १ लाख ५ हजार रुपैयाँ र उपबिजेता समुहले ६१ हजार ५ सय रुपैयाँ नगद प्राप्त गर्ने छन।
प्रतियोगितामा प्रथम पुरस्कार सौजन्य विसासय सामुदायिक वन र दोश्रो पुरस्कार लुम्बिनी प्रदेश सभा सदस्य खडक बस्नेतले सौजन्य गर्नु भएको संयोजक लामाले बताउनुभयो।त्यस्तै उत्कृष्ट खेल प्रदर्शन गर्ने समूह,उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलकिपरलाई पनि नगद,मेडल र प्रमाण पत्र प्रदान गरिने छ।