बर्दघाट।गए राति पश्चिम नवलपरासी बर्दघाट ५ स्थित मधुसुधन भण्डारीको घर नजिकै रहेको परालको टौवामा आलोलागी हुँदा काठ पराल जलेर एक लाख वरावरको क्षति भएको छ।
बुधबार साँझ सवा ७ मा लागेको आगो स्थानिय, दमकल र प्रहरीको सहयोगमा राति ९ बजे मात्र नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।
आगलागीबाट मानविय तथा चौपाय क्षती नभएको र उक्त आगलागी के कारण भएको हो भन्ने नखुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक एबम् सूचना अधिकारी भोजराज पाण्डेयले जानकारी दिए।