![](http://safalpost.com/wp-content/uploads/2023/01/received_1385317105618429.jpeg)
सुनवल।रुपन्देहिमा सम्पन्न गौतमबुद्द खुल्ला कराँते प्रतियोगिता २०२३ मा प्रथम स्थान हासिल गर्न सफल नवलपरासीका खेलाडिहरु र टिम प्रशिक्षकलाई नेपाल कराँते महासंघ सुनवलद्वारा सुनवलमा एक कार्यक्रममा गरि सम्मान गरिएको छ।
सितिरियो कराते संघका अध्यक्ष गोपि पुनको अध्यक्षता र सुनवल नगरपालिकाका नगरप्रमुख विमला अर्यालको प्रमुख आतित्थ्यतामा खेलाडिहरुलाई सम्मान गरीएको हो।
सो कार्यक्रममा नवलपरासी खेलकुद विकास समितिका उपाध्यक्ष रमेश कर्माचार्य,कराते महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष ऋषिराम पौडेल,वडा नम्बर १ का वडा अध्यक्ष मन बहादुर थापा,वडा नम्बर ३ का वडा अध्यक्ष प्रविन गुरुङ,वडा नम्बर ४ का निवर्तमान वडा अध्यक्ष विर बहादुर गुरुङ्ग,रेशम न्यौपाने टिम कोच नारायण गुरुङ्ग लगायतको उपस्थिती रहेको थियो।
गत पौष २६,२७ र २८ गते रुपन्देहीमा सम्पन अन्तरास्ट्रिय कराते प्रतियोगितामा नवलपरासी जिल्लाले २० गोल्डमेडल,९ सिल्बर र १४ ब्रोन्ज सहित प्रथम हुन सफल भएका खेलाडीलाइ र प्रशिक्षकलाइ सम्मान गरिएको हो।
प्रतियोगितामा भारत,बंगलादेश,श्रीलंका,भुटान सहित नेपालका विभिन्न जिल्लाको सहभागिता रहेको थियो।