सुनवल।सुनवलमा पिकअप र ट्रक एक आपसमा ठक्कर खादा १ जनाको मृत्यु भएको छ । १ जना घाइते भएका छन।
पश्चिम नवलपरासीको सुनवल न.पा. ४ अल्कत्रेडाडा ना ४ च ९६३१ नं. पिकअप र बिपरित दिशाबाट जादै गरेको ना ५ ख ९७१५ नं. को कोइला लोड गरेको ट्रक एक आपसमा ठक्कर खादा सो दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यलयका सूचना अधिकारी भोजराज पाण्डेका अनुसार पिकअप चालक चितवन भरतपुर महानगरपालिका १४ शिवनगरका ५२ बर्षिय राज कुमार बि.क.को उपचारका क्रममा परासी स्थिति पृथ्वीचन्द्र अस्पतालमा मृत्यु भएको हो।भने सोही पिकअपमा सवार घाइते शिव श्रेष्ठको भलुही स्थिति देवदह मेडिकलमा उपचार भइरहेको छ।उनको अवस्था मध्यम रहेको छ अस्पतालले श्रोतले जानकारी दिएको छ।
ट्रक चालक मकवानपुर मनहरी गाउंपालिका वार्ड नं ३ हांडिखोलाका ४८ बर्षिय कान्छा तामाङ र दुबै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेका छन। दुर्घटना अत्याधिक चिसो र हुस्सुको कारण भएको प्रारम्भिक अनुमान छ ।