ट्रेन्डीङ्ग

आक्रोसित स्थानियहरुद्धारा लुम्विनी चिनि मिलमा तालावन्दी

सुनवल।पश्चिम नवलपरासी स्थित सुनवलका आक्रोशित स्थानियहरुले लुम्विनी चिनि मिलको गेटमा ताला लगाएका छन।

बर्षैं देखि कालो धुलोको सास्ती ब्यहोर्दै आएका स्थानियहरुले पटक पटक उद्योगबाट निस्कने कालो धुलो निराकरण गर्नेगरि उद्योग संचालन गर्ने सहमति गरेपनि उद्योगले सहमतिलाई वेवस्था गर्दै उद्योग संचालन गरेपछि आज स्थानियहरुले चिनिमिलको गेटमा ताला लगाएका छन।

यस पटक पनि उद्योगलाई वारम्वार कालो धुलो निराकरण हुने गरि चिनि उद्योग संचालन गर्न भने पनि उद्यागले स्थानियहरुको आग्रहलाई बेवस्था गर्दै चिनि उद्योग संचालन गरेको स्थानियहरुले बताएका छन।

इन्धनको रुपमा प्रयोग गरेको भुसबाट कालो धुलोको कणहरुका कारण मानव स्वास्थ्यमा समेत प्रतिकुल असर परेको छ।त्यस्तै तरकारी, खाद्यन्न, साथै कपडाहरुमा समेत कालो धुलो टासिदाँ यस क्षेत्रका स्थानिय हैरान परेका छन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?