अनिल नेपाली माघ २० अर्घाखाँची । पूर्वप्रधानमन्त्री एवं जनता समाज पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले प्रधानमन्त्र ओलीको प्रतिनिधि सभा विघटन असंवैधानिक कदम विरुद्ध लोकतान्त्रिक शक्तिहरु एक भइ सडक आन्दोलन गर्नुको विकल्प नरहेको बताए ।
भट्टराईले सर्वोच्च अदालतले संसद् पुन:स्थापना गरिदेला भनेर पर्खेर बस्न नहुने र असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी रहेको भन्दै सडक आन्दोलन गर्नुको विकल्प नभएको बताए ।
प्रेस नेपाल अर्घाखाँचीले मंगलबार सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा भट्टराईले संसद् पुन:स्थापना नहुने र वैशाखमा चुनाव नभए देश भयंकर द्वन्द्वमा जाने बताउदै देशलाई द्वन्द्वबाट बचाउन कांग्रेससहित सबै दल मिलेर आन्दोलन गर्नुको विकल्प नभएको उनको भनाइ छ ।
‘वैशाखमा चुनाव नभए ‘देशमा संकटकाल लाग्ने, यही बहाना बनाएर वैदेशिक हस्तक्षेप बढ्ने सक्ने बताउदै आफूले कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा अध्यक्ष पुष्पकमल दाहाल, माधव नेपालसहितका नेतालाई भेटेर आन्दोलनमा जानुपर्ने बताए