माघ १३ ताप्लेजुङ ।
नेपाल कम्युनिस्ट पार्टी नेकपा दाहाल नेपाल समुहले आज ताप्लेजुङमा संसद विघटन विरुद्ध बिरोध सभा सम्पन्न गरेको छ ।
सभालाई सोही पार्टीका अध्यक्ष माधवकुमार नेपाल,पार्टीका स्थाइ कमिटी सदस्य जनार्धन शर्मा र योगेश भट्टराई ,जिल्ला इन्चार्ज भाष्कर काफ्ले , सह-इन्चार्ज तिल कुमार मेन्याङ्बो ,प्रदेश सभा सद्स्य टंक आङ्बुहाङ लगायतले सम्बोधन गर्नु भएको थियो।कार्यक्रममा प्रमुख अतिथी समेत रहनु भएका अध्यक्ष माधवकुमार नेपालले केपि ओलि भनेको साझा चोइटो रहेको बताउनु भयो ।चोइटिएर गएका मात्र हुन ती चोइटिन बानी परेका हुन ती चोइटि रहन्छन् उहाँले भन्नू भयो ।
कसैका राम्रा कुरा सुन्न नसक्ने जसलाई पनि धम्की मात्रै दिने ,सबैलाई अपमान गर्ने भन्दै त्यस्तो मान्छे आफ्नो पार्टीको अध्यक्ष कुनै पनि हालतम रहन नसक्ने र आफुहरुले ओलिलाई पार्टीको सद्स्यबाट समेत निकालिएको बताउनु भयो ।
सर्बोच्च अदालतको फैसला आए पछि ओलिको युग सकिने र सिदै आफ्नो गाउँ तेह्रथुम फर्किए कुनै फरक नपर्ने अब केपि ओलिको युगनै सकिएको भन्दै निर्धक्क भएर काम गर्न सबैमा आव्हान गर्नु भयो । सभामा बोल्दै नेपालले आफुहरुको पार्टीनै आधिकारिक रहेको समेत दाबि गर्नु भयो । सुर्य चिन्न जहाँ छ त्यहाँ नेपाल कम्युनिस्ट पार्टी नेकपा छ जस्का अध्यक्ष प्रचण्ड र माधव नेपाल रहने समेत कार्यक्रम उहाँले बताउनु भयो ।