ट्रेन्डीङ्ग

रमवापुर माविमा नमुना मतदानको अभ्यास गर्दै रेडक्रस जुनियर सर्कल गठन

सुनवल।पश्चिम नवलपरासीको सुनवल स्थिति रमवापुर माध्यमिक विधालयले मतदान अभ्यास गर्दै जुनियर रेड्क्रस सर्कल पुनःगठन गरेको छ।



भनेको कुरा एकदिन,देखेको कुरा केहि दिन तर गरेको कुरा आजिव सीप भन्ने भनाइलाई केही आत्मसात गर समय सापेक्षित र गुणस्तरीय शिक्षामा प्रतिबद्ध रहेको विद्यालयले साप्ताहिक अतिरिक्त कार्यक्रम अन्तर्गत शुक्रबार मतदान अभ्यास कार्यक्रम गरेको विधालयका प्राचार्य फानप्रसाद श्रेष्ठले बताए।



जुनियर रेडक्रस सफल पुनर्गठनका क्रममा साप्ताहिक कार्यक्रमनै बनाएर निर्वाचन प्रणालीबारे विद्याथीलाई अभ्यस्त बनाउने उद्देश्यले यस्तो कार्यक्रम गराइएको सह-शिक्षक एवं कार्यक्रम संयोजक शोभा गैरेले बताइन।


शिक्षक सरिता थापालाई निर्वाचन आयुक्तनै नियुक्ति गरिएको उक्त मतदान प्रक्रियामा अन्य निर्वाचनमा जस्तै:मतदाता नामावली प्रकाशन,उमेदवारी दर्ता,उमेदवारी फिर्ता,चुनाव प्रचारप्रसार तथा मतदाता प्रशिक्षण कार्यक्रम मौन अवधिको समय छुटाएर निर्वाचन प्रकृयाका सम्पूर्ण विधिको प्रयोग गराइएको थियो।


निर्वाचनमा २ वटा बुथमा सञ्चालन गरिएको उक्त मतदान कार्यमा विद्यालयमा अध्ययनरत कक्षा ६ देखि कक्षा ९ सम्मका ३१६ जनामध्ये ३०६ जना विद्यार्थी मतदान गरेको आयुक्त थापाले बताइन।जम्मा खसेका मतमध्ये १९ ओटा मत मात्र बदर भएकोले यस्ता अभ्यासले देशमा हुने विभिन्न निर्वाचनमा बदरमत स‌ङ्ख्या घटने घटाउन सहयोग पुग्ने थापाको भनाइ थियो।


१३ पदका लागि भएको उक्त मतदानबाट जुरेस सभापतिमा कमल गिरीले १८२ मत ल्याएर निर्वाचित भएका थिए।उपसभापतिमा कुशल पङ्‌गेती ७९ मत,सचिवमा प्रिया बस्नेत ९६ मत,सहसचिवमा कोशिश शर्मा १०३ मत,कोषाध्यक्षमा प्रिन्स ढकाल ७४ मत सह-कोषाध्यक्षमा कीर्तिका लामिछानेले १९२ मत सहित निर्वाचित भएका थिए। त्यसैगरि सदस्यहरुमा प्रतीक जिसि ७५,ईश्वर ढकाल ६७, सुदीप क्षेत्री ६२,मोहन बराल ६०,युज सुवेदी र रमजान देवान ५७-५७ र सङ्‌गीत रानाले ५९ मत सहित निर्वाचित भएको जानकारी आयुक्त थापाले बताइन।



नमुना मतदानमा जस्ता नयाँ नयाँ अभ्यासहरूले नयाँ कुरा सिक्ने अवसर मिलेको सहभागी विद्यार्थीहरुको भनाइ रहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal