ट्रेन्डीङ्ग

सुनवल सामुदायिक बचत तथा ऋण सहकारी सस्था लि.को १७ औं साधारण सभा सम्पन्न

पुरन अधिकारी ,सुनवल

“गरिब र विपन्नहरुको सपथ, सुनवल सामुदायिकमा बचत ” भन्ने नारालाई आत्मसाथ गर्दै बि.स.२०६१ मा सुनवलमा स्थापना भएको सुनवल सामुदायिक बचत तथा ऋण सहकारी सस्थाको १७ औँ बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
सस्थाका अध्यक्ष सञ्जय कुमार श्रेष्ठ को अध्यक्षता तथा प्रदेश बचत संघका सदस्य एवं जिल्ला बचत संघ पश्चिम नवलपरासीका अध्यक्ष राजन कुमार आचार्यको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा सस्थाको आर्थिक प्रतिबेदन कोषध्यक्ष शुशिला भुषाल ढकालले प्रस्तुत गर्दै संस्थाको शेयर पुजी पचास लाख चौतिस हजार आठ सय रहेको र संस्थाले शुद्ध नाफा पाच लाख छ्यहत्तर हजार तीन सय आठ रुपैया गर्न सक्षम भएको जानकारी दिनुभयो । यस्तै लेखा समितिको प्रतिबेदन प्रस्तुत गर्दै लेखा सदस्य रामेश्वर श्रेष्ठले सस्थालाई अगाडी बढाउन सस्थाले विभिन्न विनियमहरु बनाई अगाडी बढिरहेको जानकारी दिनुभयो । संस्थाका अध्यक्ष संजय श्रेष्ठले संस्थाले मुनाफा कमाउनु भन्दा शेयर सदस्यहरुको हितका लागि काम गरिरहेको र त्यहि अनुरुप यस वर्ष ब्याजदरमा समेत बदलाव गरेको , अगामी वर्षमा कोभिड पोजेटिभ देखिने शेयर सदस्यलाई पोषण सुविधा रकम उपलब्ध गराउने साथै महिलाहरुको स्वास्थ्यलाई मध्यनजर राख्दै स्वास्थ्य शिविर समेत संचालन गर्ने, शेयर सदस्यलाई अापतकालिन शिघ्र उपचारका लागि दिन रात नभनि जुनसुकै समयमा रु . पचास हजार उपलब्ध गराउने जस्ता विभिन्न नितिहरु शेयर सदस्यका हितका लागि संस्थाले परिचालन गर्न गईरहेको समेत जानकारी दिनुभयो ।

सुनवल सामुदायिक बचत तथा ऋण सहकारीका सचिव प्रेम प्रसाद पराजुलीले संचालन गर्नु भएको थियो भने सस्थाका सदस्य निलकष्ठ भट्टराई को स्वागत मन्तब्य रहेको थियो ।


उक्त साधरण सभाको कार्यक्रममा अतिथिहरु कमला ढकाल , तिलक राम शर्मा, विण्णु माया श्रेष्ठ , पत्रकार पुरन अधिकारी लगायतले संस्थाको सबल पक्ष र अगामी भविष्यमा अझ प्रभावशाली बन्न संस्थाले खेल्नु पर्ने भुमिकाका बारेमा सुझाब सहित अा – अाफ्ना मन्तब्य प्रस्तुत गर्नुभएको थियो ।

सुनवलमा निकै लोकप्रिय रहेको यस संस्थाको १७ अौ साधरण सभाका प्रमुख अतिथि राजन कुमार अाचार्यले संस्थाले शेयर सदस्यको हितका लागि गरिरहेको कार्यहरू अतिनै सह्यनिय रहेको, शेयर पुजीमा वृद्धि गर्नसके यस्को फाइदा प्रत्यक्ष शेयर धनिले लिन सक्ने सुझाव सहित जिल्लाका चौहत्तरवटै वार्डहरुमा सहकारीको पहुँच पुगेकोमा गर्व महशुस गर्नुभयो ।साथै उहाँले सहकारीलाई राज्यका तिनैवटा निकायले अनुगमन गरिरहेको र अार्थिक पारदर्शिता भएका सहकारी कहिल्यै अोरालो लाग्न नपर्ने बताउनुको साथ साथै एउटा सहकारीको बदमासीको अपजस सम्पूर्णलाई पर्ने यसले यसमा अाबद्ध जनतामा सहकारी प्रतीनै नैराश्यता ल्याउने समेत बताउनुभयो ।हिजो खाएर बचेको बैंकमा बचत गर्नेहरुमा अाज सहकारीको अागमन सङ्गै केही बचत गरि बल्ल खाने परिपाटी भित्रनु नै सहकारीको एउटा ठुलो उपलब्धि भएको जानकारी गराउदै सहकारीहरुले पनि खाई नखाई बचत गरेको पैसाको उचित व्यवस्थापन गर्दै उनिहरुको समग्र विकासका लागि काम गर्नुपर्ने जानकारी दिनुभयो ।

जम्मा सात सय सैतिस शेयर सदस्य रहेका उक्त संस्थाको साधरण सभा कोरोनाका कारण सिमित उपस्थितिमा यहि पौष अठ्ठाईस गते देखि शुरुवात भएको थियोे भने समापन माघ दुई गते अाईतबारका दिन भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal