माघ १ परासी ।पश्चिम नवलपरासीमा कोरोना संक्रमणको सख्या बढेको छ।आज एकै दिन १४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

९ जनाको एन्टिजेन र ५ जनाको पिसिआर परिक्षणको क्रममा सबैभन्दा बढि रामग्राममा ७ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरि प्रतापपुर र सरावल २/२ सुस्ता गापा, पाल्ही नन्दन गापा र सुनवलमा १/१/१ गरि जम्मा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस संगै हालसम्म जिल्लामा कोरोना संक्रमित हुनेको सङख्या ५ हजार ४ सय १३ पुगेको छ भने जिल्लामा ७५ जना कोरोनाका सक्रिय संक्रमित छन्।

प्रकाशित मिति : २०७८ माघ १ गते शनिवार