ट्रेन्डीङ्ग

रुपन्देहीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु

बुटवल।रुपन्देहीमा छुट्टा छुट्टै सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ।जिल्लाको सिद्धार्थनगर नगरपालिका-१२ देबकोटा चोकमा लु ३४ प १३७२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा २५ वर्षीय युवाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको भीम अस्तपालमा उपचारको क्रममा मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । मृतक युवाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।साथै सोही मोटरसाइकलमा सवार सिद्धार्थनगर नगरपालिका–१२ का राहुल गुरुङको भीम अस्पतालमा उपचार भइरहेको छ।

यसैगरी बुटवल उपमहागनगरपालिका-५ नेपालगंज रोडमा मंगलबार राति स्कुटरले पैदलयात्रीलाई ठक्कर दिएको छ । स्कुटरको ठक्करबाट पैदलयात्री नवलपरासी वर्दघाट नगरपालिका चिसापानी घर भई हाल बुटवल उपमहानगरपालिका-९ दिपनगर बस्ने ५१ वर्षीय सुवास राना मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका रानाको मंगलबार राति उपचारको क्रममा लुम्विनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । ठक्कर दिने स्कुटर चालक प्रहार रहेको उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?