ट्रेन्डीङ्ग

पार्टीमा रुपान्तरण ल्याउन सकिएन:वरिष्ठ नेता पौडेल

नवलपरासी lनेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा रुपान्तरण ल्याउन नसकिएको बताउनुभएको छ । नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर २ को खैरेनीटारमा आयोजित पदस्थापन कार्यक्रममा वरिष्ठ नेता पौडेलले पार्टीमा नयाँ रुपान्तरण ल्याउने अभियानमा लागे पनि अन्तिममा आएर उक्त प्रयास पूरा हुन नसकेको बताउनुभयो ।

“पार्टीमा नयाँ रुपान्तरण ल्याउनुपर्छ भनेर धेरै प्रयास ग¥यौँ तर केही साथीहरूका व्यक्तिगत आकाङ्क्षाका कारण पूरा हुन सकेन”, पौडेलले भन्नुभयो । वरिष्ठ नेता पौडेलले १४औँ महाधिवेशनले आफूले उठाएका रुपान्तरणको प्रश्नको उत्तर दिनुपर्नेमा जोड दिनुभयो । “सबै साथीहरू उठ्छौँ भनेपछि म प्रतिस्पर्धाबाट अलग रहे, उहाँहरूकै अनुरोधमा म प्रतिस्पर्धामा गइन”, उहाँले भन्नुभयो, “१४औँ महाधिवेशनले मैले उठाएको प्रश्नको उत्तर आएको छैन ।”वरिष्ठ नेता पौडेलले पार्टीमा जनताको आकर्षण बढाउन लाग्नुपर्नेमा सुझाव दिनुभयो ।

कांग्रेस जनताको बीचमा अपमानित भएको गुनासो गर्दै उहाँले पार्टीलाई सम्मानित बनाउनु आजको आवश्यकता रहेको तर्क गर्नुभयो । देशको संसद्ले गति लिन नसकेको बताउँदै उहाँले जनताको जल्दाबल्दा समस्यामा सदनमा छलफल हुन नसकेको धारणा राख्नुभयो । सदनलाई व्यवस्थित र प्रभावकारी बनाउन पहल गर्नुपर्नेमा पौडेलले जोड दिनुभयो ।

उहाँले मिलेनियम च्यालेन्ज कर्पाेरेसन्स एमसीसी पारित गर्नुपर्ने बताउनुभयो । पौडेलले एमसीसी राष्ट्रघाती भएको भन्दै भ्रममा पार्न खोजिएको जिकिर गर्नुभयो । कार्यक्रममा तनहुँ क्षेत्र नम्बर २ का सभापति चुडामणि खनालले पदस्थापन गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal