ट्रेन्डीङ्ग

जनपत्रकार संगठन नेपाल कञ्चनपुरको प्रथम पूर्ण बैठक सम्पन्न

गणेश एसके/ पुस १७,कञ्चनपुर । जनपत्रकार संगठन नेपाल कञ्चनपुर जिल्ला समितिको प्रथम पूर्ण बैठक आउँदै गरेको राष्ट्रिय सम्मेलनलाई भव्यताका सफल पार्न जुट्ने लगायतका निर्णय गर्दै कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न भएको छ ।

शनिबार महेन्द्रनगरमा बसेको उक्त बैठकले वर्तमान समयमा भइरहेका पत्रकारिता क्षेत्रका विकृति विसंगति, पत्रकार महासंघ भित्रका ज्याजति का विरुद्ध संघर्स गर्ने र विशेष गरी आगामी माघ ११,१२ र १३ गते बुटवलमा हुने संगठनको केन्द्रीय चौथो राष्ट्रिय सम्मेलनलाई लक्षित गरी व्यापक तयारीमा जुट्ने सहितका निर्णय गरेको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य राम बहादुर चौधरी ( महान) ले सम्बोधन गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको नाममा पत्रकारिताको दलालिकारण प्रवृत्तिका विरुद्ध सशक्त संघर्स गरिने र जनपक्षीय पत्रकारिता मार्फत , मिसन पत्रकारिता मार्फत एकीकृत जनक्रान्ति को कार्यदिशा हुँदै वैज्ञानिक समाजवाद स्थापना का लागि जनपत्रकार संगठनले एतिहासिक महत्वपूर्ण भूमिका खेल्ने बताएका छन । वर्तमान अवस्थामा रहेको दलाल संसदीय व्यवस्थाको अन्त्यका लागि जसरी पार्टीले अघि सारेको जनमत संग्रहको कार्यनीतिलाई आम जनता माझ लागेर समाजवादी जनमत निर्माण गर्न अभियानकर्ता रुपमा काम गर्न अपिल गरेका हुन् । त्यस्तै कार्यक्रमका अतिथि तथा जनपत्रकार संगठन नेपाल सुदुर पश्चिम प्रदेश सचिव धर्म विक ले आफ्नो मन्तव्य राख्ने क्रममा पत्रकारिता क्षेत्रको सीमा र मर्यादा भित्र रहेर जनता, जनतन्त्र र जनजीविका को सवालका समस्याहरुलाई उजागर गरी आम आवजबिहिन समुदायको पक्षमा बोल्ने संगठनको रूपमा स्थापित गर्नु हाम्रो पहिलो दायित्व रहेको उनको भनाइ थियो । उहाँले थप्दै भने, “अहिलेको परिस्थितिमा नजिकिदै गरेको संगठनको चौथो राष्ट्रिय सम्मेलनलाई नै उत्कृष्ठ र भव्यताका साथ सम्पन्न गर्न तयारी लाग्ने निर्देशन सहितको मन्तव्य राखेका थिए ।”

सो बैठकमा जिल्लाका भीमदत्त नगर पार्टी सचिब दीपेन्द्र ऐरी, विशेष कमिटी सदस्य धन बहादुर बुढा, जनपत्रकार संगठन सुप प्रदेश सदस्य भरत दास लगायत संगठनका जिल्ला सदस्यहरूको उपस्थितिमा भएको थियो ।

बैठकमा अध्यक्षता गर्नु भएका जनपत्रकार संगठन कञ्चनपुर जिल्ला अध्यक्ष गणेश एसकेले पार्टी, संगठन र नेतृत्वले दिएको जिम्मेवारीमा दृढ र प्रतिबद्ध भएर इमान्दारीका साथ लाग्ने कुरा राख्दै बैठकको समापन गरेका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?