ट्रेन्डीङ्ग

जिल्लामा विवाद हुदा पश्चिम नवलपरासीका तेक्वान्दो खेलाडी प्रतियोगिता सहभागी हुन पाएनन

पुष ८ परासी।पश्चिम नवलपरासीका तेक्वान्दो खेलाडी नेपाल तेक्वान्दो संघ वाग्मती प्रदेशको आयोजनामा हुने तेक्वान्दो प्रतियोगितामा सहभागी नहुने भएका छन।

जिल्लाको छनौटका क्रममा विवाद हुँदा नेपाल  तेक्वान्दो संघ वाग्मती प्रदेशको आयोजनामा हुन गहिरिएरको प्रथम राष्ट्रिय मेयर कप यहि पुष १५-१७ हुने प्रतियोगितामा खेलाडी जान बन्चित भएका हुन।

पश्चिम नवलपरासी जिल्लाले प्रतियोगितामा सहभागी हुन् जाने खेलाडी छनौट प्रक्रियामा विवाद हुदा उक्त प्रतियोगितामा जानबाट बन्चित भएको नाम नबताउने सर्तमा एक खेलाडीले भने जिल्ला समितिले खेलाडी छनौटका क्रममा विवाद हुदा खेलाडीलाइ हातपात गरेको आरोप लगाएका छ। यता जिल्ला समितिका सचिव सुरेश पासवानले छनौट चरणमा विवाद हुदा प्रतियोगितामा सहभागी हुन नसकेकोमा स्वीकार गरेका छन।जिल्लामा खेलाडी छ्नौट प्रक्रियामा  सचिव पासवानले  भने खेल मैदानमा खेलाडी भन्दा बाहिरका खेलाडी आउदा रेफ्रीले बचाउन खोज्दा धकेलिएको भन्दै खेलाडीले विवाद सृजना गरेको बताए ।

जिल्ला छनोट प्रकियामै खेलाडीलाई हातपात गर्ने जिल्ला समिती अन्यत्र ठाउँमा कसरी आफ्ना छोराछोरी बिस्वास गरि पठाउने तेक्वान्दो संघ नवलपरासीमा अझै पनि सोच परिवर्तन नहुने हो भने खेलनै जिल्लाबाट लोभ नहोला भन्न सकिदैन, कति दुख गरेर आफ्ना छोराछोरी लाई प्रतियोगितामा सहभागी गराउने सोच बनाएका थियौ तर जिल्ला समितिले गर्दा सहभागी हुनबाट बन्चित बनाएकोमा दुख व्यक्त गरेका थिए  खेलाडीका अभिभावक सम्बन्धित निकायले छानबिन गरि दोषिलाई कारबाहीको माग समेत गरेका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?