पुष ९ उदयपुर ।उदयपुर जिल्लाको त्रियुगा नमुना माविले मनपरी रुपमा विधार्थीबाट शैक्षिक शुल्क लिएको भन्दै अखिल(क्रान्तिकारी)गाईघाट इकाई कमिटिले बृदि गरिएको शुल्क घटाउन अनुरोघ गर्दै मागपत्र बुझाएको छ ।क्रान्तिक्रारीले मागपत्र मार्फत यथासिघ्र बृदि गरिएको शुल्क नघटाईए आन्दोलन गर्ने चेतावनी दिएको छ ।

अखिल(क्रान्तिकारी)त्रियुगा नमुना मावि इकाई कमिटि संयोजक मनिषा दंगालद्वारा हस्ताक्षरित माग पत्रमा बृद्दी गरिएको शैक्षिक शुल्क घटाउने लकडाउनमा लिएको शुल्क खारेजी खेलकुद सामाग्रीको व्यवस्था,विषय विज्ञ शिक्षकको ब्यबस्था,चर्पिको सहि ब्यबस्थापन गरियोस र विद्यालय सरसफाई ,सम्पूर्ण कक्षाको सेक्सन छुट्टाउने साथै सम्पूर्ण संकायको प्राक्टिकल सामग्रीको ब्यबस्था गर्न माग गरेका छन् ।

मागपत्रमा भनिएको छ विधालयले बृदि गरिएको शुल्क एव शैक्षिक सामग्रीको व्यवस्था नगरी मागलाई व्यवास्था गरेमा संगठनले थप आन्दोलन गर्दै जाने चेतावनी दिएको छ ।मागपत्र

प्रकाशित मिति : २०७८ पुष ९ गते शुक्रवार