पुष ७ धरान।नेकपा निकट अखिल(क्रान्तिकारी)सुनसरीले धरान शिक्षा इकाईलाई ज्ञापनपत्र बुझाएको छ।

गत लकडाउनमा अन्लाईन पढाए बापत कुल शुल्कको छुट भन्दा अधिकतम शुल्क लिइएको लगायत बिद्यार्थीबाट विभिन्न बाहानामा
विभिन्न माध्यम बाट चर्को शुल्क लिएको भन्दै ज्ञापनपत्र बुझाएको हो।

विज्ञप्तिमा भनिएको छ धरान स्थित बिष्णु मेमोरियल बोर्डिङ स्कुलले अत्यधिक शुल्क अशुलेर बारम्बार बिद्यार्थीलाई मानसिक तनाव दिइरहेको र अभिभावकले स्थानीय निकायमा उजुरी दर्ता गर्दासम्म पनि स्थानीय निकाय मौन रहि दलाल प्रवृतिलाई अझ बढावा दिइरहेको पाइएकोमा हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ।

बिज्ञप्तिमा संगठनले विद्यार्थीको भविस्यमा खेलवाड नगर्न र चर्को शुल्क घटाउन चेतावनी दिएको छ अन्यथा संगठनले कठोर कदम चाल्ने समेत जनाएको छ। जिल्ला सचिव कमरेड रोशन एवं के.स सुस्माको रोहवरमा उक्त प्रेस बिज्ञप्ति दिइएको सुनसरी इन्चार्ज नताशा सुबेदीले बताउनु भयो।

विज्ञप्तिमा स्थानीय निकायलाइ पनि यस बिषयलाइ धाकछोप नगर्न भनिएको छ ।

प्रकाशित मिति : २०७८ पुष ७ गते बुधवार