मंसिर २८ काठमाडौँ ।नेपाल कम्युनिस्ट पाटीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)ले एमसीसीविरुद्ध भएको शान्तिपूर्ण आन्दोलनमा प्रहरी दमन भएको भन्दै आपक्ती जनाएका छन् । मंगलबार एमसीसी विरुद्ध संसद घेर्ने क्रममा प्रहरीले हस्तक्षप गरेको भन्दै उनले हिसाव किताव गर्ने चेतावनी दिएका छन् ।बबरमहलबाट आएको र्‍यालिलाई सम्बोधन गर्दै प्रकाण्डले नेपालमा कुनै पनि हालतमा एमसीसी लागु गर्न नदिने बताए । ‘नेपालका दलालहरुले नेपाल राष्ट्र, नेपाली जनताका विरुद्धमा गरिएको एमसीसी सम्झौता नेपाली जनताले कुनै पनि हालतमा लागु हुन दिदैनन् । हामी दिदैनौँं ।’ उनले भने, ‘दलालहरुले एमसीसी अमेरिकै फिर्ता पठाइदिए हुन्छ । त्यो सकिदैन् र अमेरिको माया लाग्छ भने अमिरिका गएर बसेहुन्छ । नेपालमा बस्ने तिनीहरुको कुनै पनि अधिकार छैन् ।’अमेरिका विश्वका विभिन्न देशबाट असफल हुँदै फिर्ता गएको स्मरण गराउँदै उनले भने, ‘अमेरिकाको विश्व साम्राज्य विस्तारै पतन हुँदैछ । आफ्नो शक्ति क्षिण भएपछि यसले गरिव देशहरुलाई ललिपपका रुपमा इण्डिप्यासिफिक रणनीति अन्तरगत एमसीसी परियोजना तयार ल्याएको छ । यसमा हामी लोभियौ भने देशको भलो गर्दैन ।’

उनले अगाडि भने, ‘यो नेपालमा जवरजस्त लाद्न खोजिए नेपाली जनताले अमेरिकालाई ५ बर्षमै लखेटेर फिर्ता पठाउँछन् । अफगानस्थानबाट अमेरिकाले केही पाठ सिके हुन्छ । अमेरिकालाई लखेट्न तालिवानी जनतालाई २० बर्ष लाग्यो तर नेपाली जनताले ४÷५ बर्षमै धुलो चटाएर पठाउँछन् ।’कार्यक्रममा बोल्दै नेकपा मालेका अध्यक्ष सिपी मैनालीले एमसीसीले आफ्नो रणनीति बदलेकाले नेपालमा यसले समस्या निम्त्याएको बताए । ‘पहिला एमसीसीको मिसन अर्कै थियो । अमेरिकाको पहिलो मिसन फेल भएको महसुस भएपछि चीन घेर्नका लागि इण्डोप्यासिफिक रणनीति ल्यायो । यो शैन्य रणनीति भएकाले अरु देशहरले रुचाएनन् । पछि एमसीसीलाई पनि त्यसको अभिन्न अंग बनाएर ल्याए, जुन संसदबाट अनिवार्य पास गरेर कानुन बनाउन पर्ने बाध्यता बनाईयो । यसको घानमा नेपाल पर्यो ।’

उनले अगाडि भने, ‘अब यो शैन्य रणनीति अन्तरगतको परियोजना बनेपछि यसलाई संशाधन गरियो । जसमा धेरै राष्ट्रघाती कुराहरु यसमा समेटिएको छ । यो संशोधन पनि हुँदैन्, लागु पनि हुँदैन । यसलाई जस्ताको तस्तै फितर्चा पठाउनु बैज्ञानिक हुन्छ ।’

त्यस्तै, युवा अभियान्त ज्ञानेन्द्र शाहीले संसदबाट एमसीसी पास गरे संसद भवनलाई सांसदहरुको चिहानमा परिणत गर्ने बताए । अर्को युवा अभियान्ता हेमराज थापा एमसीसी पास गर्ने नेताहरुलाई देश निकाला गर्ने चेतावनी दिए ।

‘एमसीसी पास गर्ने नेताहरुलाई नेपालमा बस्ने कुनै पनि अधिकार छैन । नेपाली जनताले १÷१ रुपैयाँ उठाएर प्लेन टिकट काटेर अमेरिकै पठाउने हो । त्यसका लागि युवाहरु जागी सके ।’

चरणबद्ध आन्दोलन गर्दै आएका नेपाल कम्युनिस्ट पार्टीसहित आठ राजनीतिक पार्टी र मोर्चाले आज बानेश्वरस्थित संसदभवन घेर्ने कार्यक्रममा झडप भएको थियो । झडपमा परि आन्दोलनको नेतृत्व गरिरहेका नेकपा सचिवालय सदस्य तथा प्रवक्त प्रकाण्डसहित एक दर्जन नेता घाइते भएका छ ।

उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । काठमाडौँको तीन वटा ठाउँबाट एकै साथ सुरु भएको विरोध प्रदर्शनसहितको र्याली संसद भवन घेराउ गर्न पुगेको थियो । बबरमहलबाट जुलुस सुरु भई बानेश्वर हुँदै संसदभवन पुग्ने र्यालीको नेतृत्व नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड, पार्टीका केन्द्रीय सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज माइला लामा, नेकपा मालेका महासचिव सिपी मैनाली लगायतले गरेका थिए ।

मध्यबानेश्वरबाट जुलुस सुरु भई बानेश्वरस्थित संसदभवन पुग्ने र्यालीको नेतृत्व नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला कञ्चन, नेकपा अध्यक्ष ऋषि कट्टेल लगायतले नेतृत्व गरेका थिए ।

त्यसैगरी मिनभवनबाट सुरु भएको जुलुसको नेतृत्व नेकपा (क्रान्तिकारी माओवादी) का नेता सिपी गजुरेल, वैज्ञानिक समाजवादीका आहुती र नेपाल कम्युनिष्ट पार्टीका नेता नविन लगायतले नेतृत्व गरेका थिए ।

संसद घेराउको क्रममा प्रहरीले ७५ जनलाई पक्राउ गरेको छ । पक्रउ पर्नेमा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य ओम पुन, नेकपा क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेल, नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य डबल बहादुर शाह, अखिल नेपाल किसान महासंघका अध्यक्ष हरि श्रेष्ठ, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्यहरु मदन केसी, केन्द्रीय सदस्य डिबी चन्द, गोविन्द बिष्ट, लोकेश जोशी लगायत ७५ जना रहेका छन् ।

प्रकाशित मिति : २०७८ मङ्सिर २८ गते मङ्गलवार