मुक्ति गैरे,पाल्पा, मंसिर २७।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहित चार दलले एमसिसी सम्झौता राष्ट्रघाति भएको भन्दै जिल्ला प्रशासन अगाडि काेणसभा सम्पन्न गरेको छ ।
उक्त दलहरुले एमसिसी सम्झौता तुरुन्तै जहाँबाट प्रस्ताव अाएकाे जस्ताको त्यस्तै फिर्ता गर्नुपर्ने समेत बताएका छन् । उनिहरुले भनेका छन् एमसिसी सम्झौताका बुँदाहरु हेर्दा उक्त सम्झौताकाे नेपालमा अमेरिकाले अमेरिकी सत्ता चलाउने प्रावधान रहेको छ बताएका छन् । जसले गर्दा नेपाली स्वाभिमानी सत्ता माथि नै हस्तक्षेप हुने बताए,त्यसकारण नेपाली केही दल र सत्तासीन नेतृत्वहरुले अमेरिकी दलाल बनेर देश बेच्न समेत तल्लीन भएको अाराेप लगाएका छन्।


यसकारण उक्त सम्झौता राष्ट्रघाति भएको हुँदाहरु बाध्य भएर सडकमा अाउनु परेको बताए पुर्खाले लडेर बनाएको मुलुक अाँफुहरुले यसै बेच्न नदिने बरु जस्तोसुकै बलिदानि गरेर भए रक्षा गर्न अग्रसर हुने बताए ।

उक्त काेणसभालाई नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सचिव भुवन जिसि,राष्ट्रिय जनमाेर्चा,नेपालका अध्यक्ष विशाल दर्लामि,नेकपा क्रान्तिकारी माअाेवादिका लिला श्रेष्ठ,नेकपा मालेका धनराज पाैडेलले सम्बाेधन गर्नु भएको थियोे भने कार्यक्रम संचालन युवक संगठन नेपालका केन्द्रीय सदस्य कमल थापाले गर्नु भएको थियोे ।

प्रकाशित मिति : २०७८ मङ्सिर २८ गते मङ्गलवार