ट्रेन्डीङ्ग

ऋषि खड्का र मिना कार्कीको फुर्के रिबन बजारमा

नवलपरासी मंसिर १८ ।गीत संगितको बजारमा नयाँ नौला गीत उकालो लागिरहेका छन्। माया प्रेम दुख वेदनाका गीत पनि बजारमा उकालो लागेको देख्न सकिन्छ।यतिबेला ऋषि खड्का र मिना कार्कीको नयाँ गित फुर्के रिबन; बजारमा आएको छ।

गितमा नेत्र अर्यालको शब्द तथा ऋषि खड्काले लय गरेका हुन्। गीतको भाव गीतको शब्द चयनमा निकै रस रंग संगै अति मनोरन्जनात्मक रहेको दर्शक श्रोताले आकलन गरिरहेका छन्। माया प्रेमका कथा मिसिएर बनेको गितको लय निकै माधुरियता मिसिएको छ। जहा धुन बज्छ त्यहा रमझम हुन्छ। जहा शब्द बुनिन्छ त्यहाँ मिठासपन हुन्छ यि कुरालाई गीतमा समेटिएको आभास दर्शक श्रोताले गरिरहेका छन्।

गीतमा पुस्प खड्का र मिना कार्कीको अभिनय देख्न सकिन्छ गीतको भिडियोलाइ बिक्रम चौहानले निर्देशन गरेका हुन् । भिडियो सहित:

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?