ट्रेन्डीङ्ग

नेकपा(एस)को गुल्मीमा संगठन बिस्तार

गुल्मी ,मंसिर १७ ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी ) जिल्ला कमिटी गुल्मीको संगठन विस्तार तथा सुदृढीकरण अभियान अन्तरगत धुर्कोट गाउपालिका वडा न.०२ पिपलधारामा आज एक कार्यक्रमका विच वडा कमिटी गठन गर्ने कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा नेकपा एमाले धुर्कोट गाउपालिका वडा न.२ वडा कमिटी अध्यक्ष बाबुराम खड्का नेतुत्वमा २३ जना नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी )को अभियानमा जोडिनुभएको छ।

त्यसैगरि राष्ट्रिय प्रजातन्त्र पार्टीका वडा अध्यक्ष टान बहादुर के सि नेतुत्वमा ४३ जना पार्टी परित्याग गरि नेपाल कम्युनिस्ट पार्टी(एकीकृत समाजवादी )मा प्रवेश गर्नुभएको छ। भेलाले टान बहादुर केसिको अध्यक्षता ५१ सदस्यीय वडा कमिटी गठन गरिएको छ जसको उपाध्यक्षमा केशव खनाल , सिर्जना वि.क. ,सचिवमा विष्णु विक.र उपसचिवमा शिवलाल खनाल राम बहादुर सामत चयन हुनुभएको छ।भेलाले जनवर्गीय संगठनहरुका संयोजक चयन गरेको छ जसमा किसान संयोजक शिवलाल खनाल ,विधार्थी संयोजक सुरज रसाइली,महिला संयोजक प्रेमकला खनाल चयन हुनुभएको छ।

कार्यक्रम पार्टी जिल्ला कमिटी सद्स्य गोविन्द कुवरको अध्यक्षता,पार्टी केन्द्रिय सदस्य तथा गुल्मी जिल्ला इन्चार्ज गणेश खनालको प्रमुख आतिथ्यता ,लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य  नरेश कुमार भण्डारी,काठमाडौ जिल्ला कमिटी सचिवालय सदस्य  ज्ञान बहादुर केसि, जिल्ला कमिटी उपसचिव राजेन्द्र सुनार , जिल्ला कमिटि सचिवालय सदस्य  एल.सि. रसाईली जित बहादुर विक,जिल्ला कमिटी सदस्यहरु कृष्ण थापा ,प्रेमकला खनाल,दधिराम खनाल लगायतको आतिथ्यता रहेको थियो।

कार्यक्रममा जिल्ला कमिटी सद्स्य कृष्ण थापाको स्वागय मन्त्ब्य बाट सुरु भएको कार्यक्रमको संचालन विष्णु विकले गर्नुभएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?