सागर पौडेल, सुनवल, मंसिर ७।पुर्व पश्चिम् राजमार्गको पश्चिम् नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर ४ रमवापुरमा हिजो राती करिब १२:३० बजे तिर सवारी दुर्घटना हुदा घाईते भएका २ जनाको जिल्ला अस्पताल परासिमा मृत्यु भएको छ। मृत्यु हुनेमा नवलपरासी सुनवल नगरपालिका वडा नम्बर १० बस्ने बर्ष २६ का दुर्गा काफ्ले र सोहीका बर्ष ४० का टिकानाथ कवर रहेका छन ।

घटनास्थलको प्रकृति हेर्दा मृतकको वरपर कुनै पनि साधन नभएकाले ठूलो सवारी साधन(नम्बर नखुलेको फरार)सवारिले ठक्कर दिएको हुन सके अनुमान गरिएको जिल्ला प्रहरी निरीक्षक रामप्रसाद पान्डेले जानकारी दिनु भयो ।

इलाका प्रहरी कार्यलय सुनवलका प्रनिअ कृष्ण बहादुर धिताल,जिल्ला ट्राफिक प्रहरी कार्यलय नवलपरासी प्रनिअ बासुदेव नेपालको कमान्ड टोलिले अहिले प्रारम्भिक अनुसन्धान गरिरहेको छ।

मृतक काफ्लेलाई काफ्लेका मामा डोलराज खनाल र कवरलाई श्रीमती जानकी कवरले सनाखत गरेका हुन।

प्रकाशित मिति : २०७८ मङ्सिर ७ गते मङ्गलवार