कार्तिक २८ वालिङ।वालिङ नगरपालिकाका कृषकहरुलाई घाँसको बिउ बितरण गरिएको छ । नगरपालिका भित्रका १४ वटै वडाका अगुवा तथा व्यवशायीक कृषकहरुलाई जै घाँसको बिउ बितरण गरिएको हो ।

वालिङ नगरपालिका र युएनडिपी नेपालको साझेदारी तथा दियालो संस्थाको व्यवस्थापनमा वालिङमा सञ्चालन भईरहेको ‘कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य पहल परियोजना’ अन्तर्गत घाँसको बिउ बितरण गरिएको हो ।


नगर भित्रका १ सय ४८ जना कृषकहरुलाई घाँसको बिउ बितरण गरिएको दियालो संस्थाका अध्यक्ष कविता तिवारी गैह्रेले जानकारी दिनुभयो।

परियोजना अन्तर्गत कृषक तथा उद्यमीहरुलाई उद्यमशीलता तर्फ आकर्षित गर्न बिभिन्न सहयोग गरिदै आएको अध्यक्ष गैह्रेले बताउनु भयो । उहाँले भन्नुभयो,परियोजनाको मुख्य कार्य नै उत्पादन र उत्पादकत्व बृद्धिमा रहेको छ।’


वालिङ नगरपालिका परिसरमा स्थापना गरिएको उद्यमशीलता, व्यवशाय प्रवर्धन तथा नवप्रवर्तन केन्द्र ईबिकले कृषक तथा उद्यमीहरुसँग सहजिकरण समेत गर्दै आएको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक २८ गते आइतवार