रमेश प्याकुरेल ,२८ कार्तिक,बर्दिया । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको विधार्थी सङ्गठन अखिल (क्रान्तिकारी) जिल्ला समिती बर्दियाको तेस्रो पुर्ण बैठक सम्पन्न भएको छ ।

संगठनका अध्यक्ष हरि प्याकुरेलको अध्यक्षतामा र नेपाल कम्युनिस्ट पार्टीका बर्दिया जिल्ला सेक्रेटरी गणेश चौधरीको प्रमुख अतिथ्यतामा तेस्रो पुर्ण बैठक सम्पन्न भएको हो ।

बैठकमा सङ्गठनका केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज दिपक बिष्ट,केन्द्रिय सदस्य तथा बाकेँ र बर्दिया जिल्ला इन्चार्ज डिबि शाही,केन्द्रिय सदस्य तथा केन्द्रीय कार्यालय सचिब लोकेशराज जोशी,जनपत्रकार संगठन नेपाल, बर्दिया जिल्ला अध्यक्ष रमेश प्याकुरेलको विशेष उपस्थितिमा आइतवार मधुवनमा बसेको बैठकले महत्त्वपूर्ण निर्णयहरु गरेको सङ्गठनका जिल्ला अध्यक्ष हरि प्याकुरेलले जानुकारी दिए ।

उनले जिल्ला अबैध रुपमा सन्चालित विद्यालयहरुको अनुगमन गर्ने,अध्यक्ष प्याकुरेलले जानकारी दिए ।

बैठकमा प्रमुख अतिथि जिल्ला सेक्रेटरी गणेशले वैज्ञानिक समाजवादी शिक्षा अहिलेको आबश्यकता भएको बताए । शैक्षिक विकृति र विसङ्गतिका विरुद्ध डटेर संघर्ष गर्न विद्यार्थीहरुलाई आह्वान समेत गरे ।साथै उनले अहिले बर्तमान दलाल संसदीय व्यवस्थाको कारण शिक्षा जनताका छोराछोरीको पहुचमा नभएको बताए ।

शिक्षालाई सबैको पहुँचमा ल्याउन जनताको व्यवस्था बैज्ञानिक समाजवादी व्यवस्थाको लागी आफ्नो पार्टी निरन्तर सङ्घर्षमा स्मरण गराउदैँ उनले यसमा सबै युवाहरुको सहभागीता हुन आवस्यक रहेको बताए ।

प्रकाशित मिति : २०७८ कार्तिक २८ गते आइतवार